
काठमाडौं १५ फागुन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।रवीन्द्र अधिकारीसहित ६ जना सवार थिए।
पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका वीरेन्द्रकुमार श्रेष्ठ र मन्त्री अधिकारीका एकजना सुरक्षा गार्ड थिए।


