दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महिला हिंसा सम्बन्धी एक दिने कानुनी अभिमुखिकरण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते, बिहीबार १७:०९

ललितपुर, १६ फाल्गुण-ललितपुर मानपा वडा ५ को सहयोग र दक्षिणकाली महिला समुहको आयोजनामा एक दिने महिला हिंसा सम्बन्धी कानुनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विश्व नारी दिवशको पुर्ब सन्ध्यामा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा करिब १५० महिलाहरुको सहभागिता रहेको थियो । जसमा वडा स्थित महिला समुहमा आबद्ध महिला दिदी बहिनीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो ।

कार्यक्रम उदघाटन संघिय साम्सद पम्फा भुसालले गरेकी थिइन भने ललितपुर स्थित वडा नम्बर ५ का अध्यक्ष विकासमान श्रेष्ठ लगायतले उपस्थिति जनाएका थिए ।

कार्यक्रमको उदघाटन पस्चात सभालाई सम्बोधन गर्दै साम्सद भुसालले अधिकार मागेर मात्रै प्राप्त नहुने बताउदै महिलाहरुले आफ्नो अधिकार सुनिश्चित गर्न निर्भिक ढंगले प्रस्तुत हुने साहस राख्नुपर्ने बताईन ।

कार्यक्रममा बोल्ने क्रममा वडा सदस्य समेत रहेकी दक्षिणकाली महिला समुहका अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठले महिला हिँसालाई कम गर्न महिलाहरुको आर्थिक शसक्तिकरणका कार्यक्रमको खाचो तड्कारो आवश्यकताको रुपमा रहदै आएको र यसका लागि वडा स्तरमा कामहरु हुँदै आएको बताईन ।

कार्यक्रम माझ बोल्दै वडा सदस्यद्वय पुनम निरौला र मैया रिजालले महिला हिँसा कम गर्न सम्पूर्ण महिलाहरु सचेत हुनुपर्ने खाचो रहेको अौल्याएका थिए ।

वडाअध्यक्ष विकासमान श्रेष्ठले महिला हिंसाको कानुनी उपचार बारेमा वडाबासी महिलाहरुले जानकारी हासिल गर्न सकुन भन्ने उदेश्यका साथ कानुनी अभिमुखिकरण कार्यक्रम आयोजनामा आएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु