फागुन १६,काठमाडौं ।नेपाल जैन परिषद्को स्वर्ण महोत्सव तथा महामति श्री प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी महोत्सव को सन्दर्भमा हिंसा रहित शान्त, सभ्य र सम्बृद्ध समाज निर्माणका लागि “अहिंसा र शाकाहार असलजीवनको आधार” भन्ने सन्देश सहितको नेपाल तथा भारतका अहिंसा र शान्ति अभियानका संस्थाहरुको सयुक्त आयोजनामा यहि २०७५ साल फाल्गुण १८ र १९ गते दुई दिने विविध कार्यक्रम सहित सम्मेलनको आयोजना हुने भएकोछ । उक्त सम्मेलनमा नेपाल तथा भारतका विशिष्ठ ब्यतित्वहरुबाट पशु अधिकार, मठ मन्दिरमा हुने वली प्रथाले पार्ने धार्मिक, सामाजिक, पर्यटकिय, हिंशाको मनोबृद्धि, स्वास्थ्य जस्ता विषयमा प्रस्तुती रहनेछ । फाल्गुण १८ गते हुने कार्यक्रमा पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालको प्रमुख आतिथ्य तथा नेपाली काग्रेसका प्रबक्ता श्री विश्व प्रकाश शर्मा को विशेष आतिथ्यमा आयोजना हुने सम्मेलनमा राजनितिक ब्यतितव, कलाकार, सामाजिक अभियान्ता, धार्मिक गुरुहरुबाट गहनतम विचार प्रस्तुत गरिने छ । नेपाल जैन परिषद, श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल र भारतको मुम्वईमा कार्यरत समस्त महाजन सस्थाको आयोजना र नेपालका अहिंसा प्रेमी संस्थाहरुको सह–आयोजनमा आयोजना हुन लागेको यस कार्यक्रममा हजारौ मानिसहरुको सहभागीता रहने छ । विभिन्न सस्थाहरुको ब्यानर, प्लेकार्ड, झांकी सहित सहभागी रहने सो शोभा यात्रा काठमाडौं डिल्लीबजार चारखाल चोक श्रीकृष्ण प्रणामी मन्दिरबाट विहान ८ बजे शुरु भई पुतली सडक, कृष्ण पाउरोटी, जैन भवन हुदै नारायण चौर नक्सालमा विसर्जन हुनेछ । शोभा यात्रा पश्चात नक्साल स्थित स्टार भेन्यूमा विहान १०ः३० बाट अहिंसा शान्ति सम्मेलनमा राष्ट्रिय ब्यक्तित्व, कलाकार लगाएत सम्बन्धित विशिष्ट ब्यक्तित्वहरुले देशमा बढ्दै गएको हत्या, हिंसा, अपहरण, वलत्कार, भ्रस्टचार जस्ता अपराध बृद्धि हुनुमा मांसाहार, मद्यपान, जुवातास, लागू औषध सेवन, मन्दिरमा हुने गरेको पशुवली जस्ता कुलत र कुसंस्कारको महत्पूर्ण हात रहन्छ भन्ने प्रस्ट पार्नको लागि प्रवचन, विचार प्रवाह, छलफल, निस्कर्ष र अशिंसा र शान्ति प्रवद्र्धन सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन कार्ययोजना र भावी नीति तथा कार्यक्रमहरु तय गरिनेछ ।
फाल्गुण १९ गते देवघाटमा विहान ८ बजे मन्दिर दर्शन तथा पुजाबाट अहिंशा शान्ति सम्मेलनको दोश्रो दिनको कार्यक्रम शुरु भै दिउसो १२ बजे चितवन, नारायणगढमा विभिन्न संघ संस्थाहरुको सहभागीतामा शोभा यात्रा गरिने कार्यक्रम रहेको छ । सोही दिन दिनको ३ बजे नारायणघाट उद्योग वाणीज्य संघको हलमा अहिशा, शाान्ति गोष्ठिको आयोजना गरिएको छ । उक्त गोष्ठिमा प्रदेश नं.३ का सामाजिक विकास मन्त्री माननीय युवराज दुलालको प्रमुख आतिथ्यमा विभिन्न संघ संस्थाहरुका विशिष्ठ व्यक्तिबाट देशमा हत्या, हिंशा बढ्नुमा पशु वली तथा मांशाहार बारे विचार प्रस्तुत गर्नुका साथै सो विषयमा अन्तरकृया गरिने कार्यक्रम रहेकोछ ।
सम्मेलनले शान्त र सम्बृद्ध साकाहारी समाज निर्माण गर्ने मठ मन्दिरमा बलीको नाममा हुंदै आएका हत्या हिंसा, पशु हिंशा विरुद्धको व्यापकरुपमा जनसचेतनामूलक कार्ययोजना र महत्वपूर्ण घोषणाहरु पनि हुने कार्यक्रम समेत रहेको छ । विगत २८ वर्ष देखि नै नेपाल जैन परिषद् र श्री कृष्ण प्रणामी समाज बीच अहिंसा र शाकाहार सम्बन्धी जनसचेतना तथा विविध सामाजिक सेवाका कार्यहरुमा सहकार्य हुँदै आएको छ ।