नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

आखिर ज्यान त यीनकोपनि गुमेकै हो नी त !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते, बिहीबार १८:०९

सन्तोष बजगाई, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । बुधवार एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री अधिकारी र उनका अंगरक्षक अर्जुन घिमिरे, नागरिक उड्डयन प्रधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, पर्यटन ब्यवसायी आङछिरिङ्ग शेर्पा, नागरिक उड्डयन प्रधिकरणका उप–महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उप–सचिव युवराव दाहाल र क्याप्टेन प्रभाकर केसी को मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी ज्यान गुमाएका मन्त्री अधिकारी र उनका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको मात्र सनाखत भएको छ । भने अरू शवहरूको जलेको अवस्थामा फेला परेकोले चिन्न नसक्ने अवस्थामा रहेको बताएईको छ ।

मर्ने सबै बराबर हुन को नेता, को मन्त्रि, को जनता ? तर यहाँ मृत्यु फरक हो जस्तो गरिन्छ । कसैको मृत्यु पहाड भन्दा गह्रौँ कसैको हल्का फुल्का वा प्रायलाई थाहा नै हुन्न । मरण एउटै, दुर्घटना एउटै तर प्राय सोसल मिडियामा कि मन्त्रि कि ठुला बडालाई मात्र श्रदाञ्जलि दिएको भेटिन्छ तर आफ्नो कर्तब्यपालनको क्रममा ज्यान गुमाएका जमदार अर्जुन घिमिरेलाई कसले सम्झिने ? यहाँ सेनाका जमदार अर्जुन घिमिरे जो मन्त्रि रविन्द्र अधिकारीका सुरक्षाकर्मी (पिएसो) हुन । उनि पनि आफ्नो कर्तव्य पुरा गर्दै मन्त्रि संगै मृत्युवरण गरे । अर्जुन घिमिरेको शोकसन्तप्त परिवारलाई पनि धर्य धारण गर्ने शक्ति मिलोस ! घिमिरेलगायत सबैलाई श्रद्धासुमन ! तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री रविन्द्र अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मन्त्री अधिकारीका पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) अर्जुन घिमिरे पनि छन् । सैनिक मुख्यालय जंगी अड्डाको अभिलेख अनुसार उनी २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । उनी १० भदौदेखि मन्त्री अधिकारीको गार्ड कमाण्डर भएर खटिएको सैनिक प्रवक्ता यामप्रसाद ढकालले बताए । हाल घिमिरे सेनाको जमदार पदमा कार्यरत् थिए ।

एक वर्षअघि मात्रै बुबाको निधन

अर्जुन घिमिरेको स्थायी घर रामेछापको साबिक गुम्देल गाविस–७, हाल उमाकुण्ठ गाउँपालिका–१ मा छ । केहीवर्ष अघि सेनाको शान्ति मिसनमा गएर उनले कीर्तिपुरमा घर पनि बनाएका थिए । हाल कीर्तिपुरस्थित घरमा उनकी श्रीमती शैलु घिमिरे र १० वर्षीय छोरा असिम घिमिरे छन् । उनी स्थानीय विद्यालयमा अध्ययनरत् छन् । घिमिरेका आफन्त सञ्चारकर्मी समेत रहेका टपेन्द्र कार्कीका अनुसार उनको बुबा उद्योगबहादुर घिमिरेको निधन भएको एक वर्ष पनि पुगेको छैन । ‘उनको बुबाआमा दुवै जना खेती किसानी गर्नु हुन्थ्यो । सामान्य परिवार हो’, कार्कीले भने, ‘आमा चाहिँ गाउँमै हुनुहुन्थ्यो । अहिले काठमाडौं आउन लाग्नु भएको छ । घिमिरेले डिप्लोमा तहसम्मको पढाइ सकेका छन् । उनले ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा पढेका थिए । प्रारम्भिक शिक्षा भने जनसेवा माविबाट लिएका थिए भने एसएलसी हिममगंगा मावि, सोलुखुम्बुबाट दिएका थिए । सामाजिक सञ्जालहरुको सहयोगमा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु