• नुवाकोटको तारुकामा गोरु जुधाउने कार्यक्रम अब किसान समितिबाट हुने, समाजसेवी शिव अधिकारीको उपस्थीतिमा भयो निर्णय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १४:५५

    फागुन १६ । मकर संक्रान्तिको दिन माघ १ गते नुवाकोटको तारुकामा हुने गोरु जुधाउने कार्यक्रमहरु अब किसानले आफैले समिति बनाएर आयोजना गर्ने भएका छन् । 

    गोरु जुधाउने कार्यक्रमका लागि बिभिन्न स्पोन्सर र सरकारी निकायबाट रकम प्राप्त भएपनि किसानहरुकोमा निधैै थोरै पुगेको तथा आयोजकहरुको आर्थिक पारदर्शीता नभएको भन्दै किसानहरुले आफैले समिति बनाएर गोरु जुधाउने निर्णयमा पुगेका हुन ।

    रसुवा नुवाकोट पर्यटन समाजका महासचिब तथा समाजसेवी शिव अधिकारीको उपस्थीतिमा हिजो तारुकामा भएको किसानहरुको भेलाले उक्त निर्णय गरेको हो । तारुकाका स्थानीय किसानहरुले समाजसेवी अधिकारीलाई गुनासो गरेपछि उहाँकै पहलमा नेपाल पर्यटन बोडबाट गोरु जुधाउने कार्यक्रमका लागि उपलव्ध गराइने रु २ लाख समेत सिधै किसानको हात हातमा  बितरण गरिएको छ । अधिकारीले भने “किसानको नाममा हुने यस्ता कार्यक्रममा राजनीति हुनु राम्रो कुरा होइन्, किसानको स्वाभीमान र आत्मसम्मानका लागि म जस्तो सुकै मुल्य चुकाउन पनि पछि पर्दीन् ।” 

    तारुकामा हिजो किसानहरुले स्थानीय बृद्ध समाजसेवी झमबहादुर प्रधानलाई प्रमुख अतिथि र स्थानिय संस्थापन गोरुधनी किसान रेसमलाल श्रेष्ठलाई बिशेष अतिथि बनाई सम्मान सहितको पुरस्कार ग्रहण गरेका छन । गोरुजुधाइ मेलाले प्रसिद्धि कमाएको नुवाकोटको तारकेश्वर गाउँपालिका–३ (साविकको तारुका ५) स्थित चन्दनीमा विगतका वर्षहरु झैं यस वर्षपनि माघेसक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता आयोजना गरिएको थियो । तर त्यही गोरु जुधाइले प्रसिद्धि कमाएको भूगोलका किसानदेखि स्थानीय नेतासम्मको ‘जुधाइ’ भने जारी थियो ।गोरु जुधाईपछि दिइने पुरस्कारमा आयोजकले राजनीतिक रुप दिएको भन्दै स्थानीय अधिकांश गोरुधनिहरुले पुरस्कार बहिस्कार गरेका थिए ।
    विजयी गोरुधनीलाई केही हजारमात्रै पुरस्कार दिएको र त्यसमा पनि उत्कृष्ट गोरुको चयनका क्रममा राजनीतिक रङ दिने काम भएकोमा किसानहरुले बिरोध गर्दै आएका थिए । पुरस्कारमा विवाद भएपछि सोहीबेला किसानको दुख पसिनाको सम्मान आयोजकले गर्न नसकेको भन्दै नुवाकोट–रसुवा पर्यटन समाजका महासचिव शिव अधिकारी (अविरल) ले पर्यटन बोर्डबाट आउने रकम अव सिधै किसानलाई दिइने बताएका थिए । बुधबार सोही बाचाअनुरुप आफुले रकम र ४२ थान मोवाईल सोझै किसानलाई बितरण गरेको महासचिव अधिकारीले बताए ।
    गोरु धनी किसानहरुको सम्मान स्वरुप गन्तव्य नेपालका अध्यक्षसमेत रहेका रसुवा–नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारी (अविरल) ले आफ्नै लगानीमा गोरु जुधाई प्रतियोगितामा भाग लिने ४२ जना किसानलाई १ लाख ५० हजार बराबरको ४२ थान मोबाइल प्रदान गरेका छन् । रकमसहितको पुरस्कारबाट किसानहरु हर्सित भएका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु