दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल यादव फेडेरेशन चेम्बर अफ कर्मसको एकदिने गोष्ठी सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १८ गते, शनिबार २१:५६

काठमाडौं, १८ फाल्गुन । नेपाल यादव फेडेरेशन चेम्बर अफ कर्मसको एकदिने गोष्ठी सम्पन्न भएको छ ।

राजधानीको पुरानो बानेश्वर स्थित कृष्णभोग पार्टी प्यालेसमा व्यवसायमा केन्द्रित रहेका व्यवसायीहरुबीच कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

एनवाइएफसीसीको अध्यक्ष शितल यादवले यादवहरु पनि व्यवसायमा लाग्नु पर्ने बताँउदै व्यवसाय गर्नको लागि आवश्यक सहयोग आइवाइएफसीसीले गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निकट भविष्यमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने बताउँदै सो एम्बुलेन्सले यादव समुदायलाई पचास प्रतिशतसम्म छुट प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम सम्बोधनको क्रममा नेपाल यादव महिला संघकी अध्यक्ष शोभा यादवले आज आफु सफल उधोगी भएकोमा गौरव महशुस गर्दै विगतमा तराई मधेशका महिलालाई घरबाट निस्किन पनि गाह्रो भएको स्मरण गरिन् । हाल नेपाल यादव महिला संघद्वारा मशाला उधोग सञ्चालन गर्दै आइरहेको पनि जानकारी गराइन् ।

युवा बक्ता राहुल कुमार यादवले सफल व्यवसायी बन्नको लागि आवश्यक मुलमन्त्र जान्न सबैलाई आवश्यक रहेको बताए । साथै अमेरिकास्थित नाशा ह्यूमन एक्सप्लोरेशनमा रोभर चाईलेन्ज २०१९ मा नेपालबाट प्रतिनिधित्व गर्दै आफू गइरहेको जानकारी गराए ।

त्यसैगरि युवा व्यवसायी समिर यादवले सानो कपडाको व्यपारबाट आज इलेक्ट्रीकल बाइक बजारमा ल्याउन सफल भएको अनुभव सुनाए । त्यसैगरि एनवाइएफसीसीका कोषाध्यक्ष श्यामसुन्दर यादवले देशको विकासमा यादवहरुको महत्वपूर्ण भुमिका निर्वाह गर्नसक्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु