नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते, मंगलवार ०८:२५

काठमाडौँ, २१, फागुन / ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिनुभयो ।

परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “रानीपोखरी पुनःनिर्माण शुरु गरिएको छ, त्यसका लागि सबैको सहयोग र साथ रहने विश्वास लिएको छु ।”
पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेकै मापदण्डअनुसार पुनःनिर्माण शुरु गरिएको बताउनुभयो ।

उहाँले पुनःनिर्माणमा अहिले ४० कालिगढ खटिएका र आवश्यकता अनुसार तिनको सङ्ख्या बढाइने बताउनुभयो । काठमाडौँ महानगरपाललिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले उक्त पोखरी पुनःनिर्माणका लागि यस वडाले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुनःनिर्माण प्राधिकरणले रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना व्यवस्थित तथा समन्वयात्मक ढङ्गले गर्न प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना पुनःनिर्माण गर्न उक्त प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।जनसवाल दैनिक बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु