दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भ्रामक समाचारप्रति एनआरएनए युएईका अध्यक्ष श्रेष्ठको ध्यानाकर्षण (विज्ञप्तिसहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते, मंगलवार १०:२५

काठमाडौ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष रमेश श्रेष्ठले पछिल्लो समय आफ्नो विषयमा भ्रामक र तथ्यहिन समाचार संप्रेषण गरिएकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेका छन् ।गत शुक्रबार सामान्य सोधपुछका लागि दुबई प्रहरीले बोलाएको घटनालाई बंग्याएर मापसे गरि सवारी साधन चलाएको अभियोगमा पक्राउ गरिएको भन्ने समाचारले आफुलाई आघात पु¥याएको श्रेष्ठले विज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।

‘यहाँको स्थानीय निकायले आवश्यक छानबीन गर्नु सामान्य हो, सोही क्रममा मलाई दुबई प्रहरीले सामान्य सोधपूछका लागि बोलाएकोमा मैले मेरोतर्फबाट आबश्यक सहयोग गरेको थिए’ अध्यक्ष श्रेष्ठले भने ‘तर बिभिन्न मिडियाहरुमा सत्यतथ्य नबुझि मेरो बद्नाम तथा चरित्रहत्या सँगै म आबद्ध संस्थाको बद्नाम गर्ने नियत बमोजिम भ्रामक समाचारहरु प्रकाशित भएकोप्रति मेरो घोर आपत्ति रहेको छ । म मेरो बारेमा केही अनलाईन पत्रीकाहरुमा आएको मिथ्या समाचारको गम्भीर रुपम खण्डन गर्दछु ।’

यस खाले भ्रामक समाचारले आफ्नो आत्मसम्मानमा चोट पु¥याएको बताउदै श्रेष्ठले आफ्ना विषयमा केहि कुरा बुझनुपर्ने भएमा आफुलाई सिधै सम्पर्क गरेर समेत आवश्यक जानकारी लिन आग्रह गरेका छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु