कोलकत्ताको शरद सदन हावडा मैदानमा नेपाली जन सम्पर्क समिति पूर्वोत्तर क्षेत्रको दोस्रो अधिबेशन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते, मंगलवार १७:०९

फागुन २१,भारत ।भारत को कोलकत्ताको शरद सदन हावडा मैदानमा नेपाली जन सम्पर्क समिति पूर्वोत्तर क्षेत्रको दोस्रो अधिबेशन टिका पौडेलको सभापति र नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एवं नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष श्री बालकृष्ण पाण्डे प्रमुख अतिथि सम्पन्न भएको छ। कार्यक्रम लाई सम्बोधन गदै प्रमुख अतिथि पाण्डे ले भन्नुभयो -विपि कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फिर्ता हुँदा भारतमा प्रवासी नेपालीहरुको संरक्षण सम्बद्र्धन, सामाजिक, धार्मिक व्यावसायिक, शैक्षिक, दुई देशको मैत्रीपूर्ण सम्बन्ध र नेपालमा आमूल परिवर्तन नेपाली काँग्रेस र स्वदेशलाई सहयोग गर्ने उद्देश्यको साथ ७ जनाबाट खोलिएको समितिमा आज २३८ शाखा र ८ क्षेत्र सहित ३२ देशमा समितिको विस्तार भएको बताउनु भयो । राम बहादुर कार्कीको नेतृत्वमा नवनिर्वाचित २५ सदस्यिय कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको थियो ।राणा, पञ्चायत, राजा शासन हटाउँदै विद्रोही पार्टीलाई शान्ति प्रकृयामा ल्याउने, संविधान सभा मार्फत संविधान जारी गर्दै कार्यान्वयन गराउने पार्टीकै विचारमा अन्य दल पनि आएकोले प्राविधिक रुपमा प्रतिपक्षमा रहे पनि शैधान्नी रुपमा हामीले जितेकोले प्रवासमा रहेका नेपालीहरुको सेवा, सहयोगबाट नेपाली काँग्रेसको निम्ति भारत प्रवासबाट मात्रै नेपालमा भएका निर्वाचनहरुमा लाखौको संख्यामा कार्यकर्ताहरुलाई सहभागी गराइएको थियो । आज नेपाली जन सम्पर्क समिति प्रवासी नेपालीहरुका निम्ति विभिन्न समस्याहरुमा सहयोग र बेचबिखनमा परेका नेपाली चेलीहरुको उद्दार लगायतका कार्यगरी भारतमा नेपालीहरुको सबैभन्दा पहिलो स्थानमा रहेको जनाउनुभयो ।नब निर्बाचित समितिलाई सहमति सहकार्य एकताको साथ काम गर्न अनुरोध गर्दै सबैकार्यकर्ताका समस्या समाधान गर्न केन्दीय कार्यालय र आफु सदा तयार भएको जनाउनु भएको थियो । कार्यक्रममा नेपाली वाणिज्य दूतावास कलकत्ताका वाणिज्यदूत एक नारायण अर्याल विशिष्ट अतिथि हुनुहुन्थ्यो वाणिज्यदूत अर्याल ले कलकत्तामा रहेका सबै नेपालीहरुलाई समेटी सामाजिक कार्य गर्ने र कलकत्तामा नेपाली भवन बनाउन आफूले सहयोग गर्ने बताउनु भयो । युवा नेता हरी न्यौपाने ले नेपालको वर्तमान स्थितिको बारेमा जानकारी दिनुभएको थियो भने डा.तुल्सी भट्टराई र रिशव घिमिरेले विपिको साहित्यिक र राजनीतिक योगदानको बारेमा चचाँ गर्नु भयो ।ने ज स केन्द्रीय प्रभारी केशव अधिकारी क्षेत्री, नेजस केन्द्रिय सदस्य खेमराज बराल, नेपाली काँग्रेसका युवा, धनराज बराल, सुधा बराल, नरबिक्रम थापा, राज पाठक लगायत ले पनि आ–आफ्ना धारणा राखेका थिए। आशा बराल, नारायण प्रसाद हुमागाई केन्द्रिय सदस्य प्रवासी नेपाली संघ लगायतका मित्रहरुले पनि आफ्ना विचार राखेका थिए । सो कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा नेपाली साँस्कृति झल्किने प्रस्तुती देखाएका थिए । अधिबेसशन बाट नया कार्यसमिति यसप्रकार छ
नेपाली जन सम्पर्क समिति भारत पूर्वोत्तर क्षेत्र
कोलकाता क्षेत्रको कार्य समितिको विवरण

अध्यक्ष- राम बहादुर कार्की,उपाध्यक्ष बिक्रम थापा,तिलकराम शर्मा, रन्जित क्षेत्री,महासचिव,बिस्नु बस्याल,सहमहासचिव,शुसिल बराल,कोषाध्यक्ष,सुरज बहादुरक्षेत्री,सहकोषाध्य, नेत्र क्षेत्री,संगठन सचिव नरबिक्रमथापा
साँस्कृतिक सचिव,सुकदेव प्रधान शिक्षा सचिव ,सन्दिप शर्मा,खेल सचिव कृष्ण अधिकारी क्षेत्री,सदस्य हरू हित बहादुर क्षेत्री
,मोहन कुमार सिंह,रमिता सिंह, खेम गाहा, होम गाहा, राम पौडेल,धनराज थाप,टिका पौडेल,भिम बहादुर श्रेष्ठ,श्री केबी पूर्ण बहादुरकृष्ण शर्मा,लोकेन्द्र शाही पूर्वोत्तर क्षेत्र कलकत्ता अन्तर्गत महिला कार्य समितिको विवरण
अध्यक्ष रमा शर्मा,उपाध्यक्ष,बाल कुमारी उपाध्यक्ष (बराल),रमिता सिंह,सचिव रिता शर्मा सहसचिव गिता कोइराला कोषाध्यक्ष सिता पाण्डे सहकोषाध्यक्ष शान्ता न्यौपाने संगठन सचिव शान्ती बराल साँस्कृतिक सचिव पुष्पा क्षेत्री खेल सचिव पार्वती क्षेत्री शिक्षा सचिव वन्दना क्षेत्री सदस्य हरूमा शान्ती पाण्डे दिपा तिवारी दुर्गा प्रधान सुजना प्रधानर नेपाल विद्यार्थी संघ विदेस क्षेत्र भारत
पूर्वोत्तर क्षेत्र कलकत्ता अन्तर्गत कार्य समितिको पनि चयन गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु