राजदूत पाण्डेको एनआरएन मलेसिया द्धारा स्वागत , नौ महिनादेखि बन्द मलेसिया रोजगार खुलाउन आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते, मंगलवार १७:१९

फागुन २१, मलेसिया
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले उनकै कार्यकक्षमा स्वागत गरेको छ । नेपाली दूतावास क्ववालालम्पुरमा मंगलबार एनआरएन मलेसियाका पदाधिकारीले भर्खरै कार्यभार सम्हालेका राजदूत पाण्डेलाई विगत ९ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी तत्काल खुलाउनका लागि आग्रह गरेको छ । एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले मलेसियामा रहेका नेपाली र उनीहरुले भोगेका समस्याका बारेमा जानकारीसमेत गरायो । एनआरएन अध्यक्ष न्यौपानेले राजदूत पाण्डेलाई विगत ९ महिनादेखि मलेसिया रोजगारी बन्द हुँदा मलेसियामा रहेका नेपाली कामदारले पनि समस्या झेल्नु परेको यथार्थका वारेमा जानकारी गराए । अध्यक्ष न्यौपानेले भने–‘मलेसिया रोजगारी बन्द हुँदा मलेसियामा कार्यरत नेपालीहरु भिषा सकिदा वा कन्ट्रयाक सकिदा समेत कम्पनीले घर नपठाउने गरेकाले अहिले ठूलो समस्या आएको छ । मलेसियामा नयाँ कामदार जान नपाउँदा पहिलादेखि कार्यरत कामदारलाई कम्पनीले बिदा दिने गरेको छैन । जसका कारण कयौ नेपाली कामदार भिषा सकिएर गैरकानूनी बनेका छन् । एनआरएन मलेसियाले श्रम समझदारी भएको लामो समय बित्दा समेत मलेसिया रोजगारी नखुलेको भन्दै राजदूत पाण्डेलाई गतिरोध हटाएर मलेसियामा रहेका नेपालीहरुको अभिभावक बन्न आग्रह गरेको छ । श्रम समझदारी पछि पनि मलेसिया रोजगारी नखुल्दा दुई देशबीचको कुटनैतिक सम्बन्धमा आँच आउन नदिन राजदूत पाण्डेलाई एनआरएनले आग्रह गरेको अध्यक्ष न्यौपानेले बताए । मलेसियाको जेलमा रहेका नेपालीहरु उद्धार, दूतावास र नेपाली समुदायवीचको सहकार्य, समस्यामा परेका नेपालीहरुको समाधानमा दूतावास लाग्नु पर्नेमा एनआरएनले सुझाएको छ । जवाफमा राजदूत पाण्डेले रोकिएको मलेसिया रोजगारी चाडै खुल्ने आश्वाशन दिए । ‘केही विषयका कारण मलेसिया रोजगार नखुलेको र मेडिकलको सिण्डिकेट हटाउन नेपाल सरकारले भनिसकेकोले अव कोही नेपाली नठगिने गरी मलेसिया रोजगारी खुल्छ’ राजदूत पाण्डेले उक्त भेटघाटमा भने । साउदी अरवमा राजदूत भएर काम गरिसकेका पाण्डे अनुभवी मानिन्छन् । राजनैतिक भागवण्डामा राजदूत बनेका भएपनि सबै नेपालीको पक्षमा काम गर्ने प्रतिवद्धता उनको छ । अव ९ महिनादेखि रोकिएको मलेसिया रोजगारी नेपाली कामदारको हीतानुसार खोल्न सके उनको उचाइ अझै बढेर जाने छ । ९ महिनादेखि नेपाली कामदारका लागि मलेसिया रोजगारी रोकिदा भिषा लागेका दस हजारभन्दा बढी नेपालि कामदार पिडित भएका छन् भने हजारौ मलेसिया रोजगारीमा जाने तयारीमा बसेका नेपालीहरु एसको मारमा परेका छन् । यो संगै बैदेशिक रोजगारीको सबैभन्दा ठुलो गन्तब्य मलेसिया बन्द हुदा झन्डै ७०% मेनपावर ब्याबसायी,एयरलाइन्स ,ट्राभल्स,होटेल,स्वास्थ्य ब्याबसायलगाएतका छेत्र धरासायी नै बनेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु