
फागुन २१,काठमाडौं– सुबास ह्युमन रिसोर्सेजको पहलमा मलेसियामा मृत्यु भएका एक नेपालीको परिवारले सहयोग रकम प्राप्त गरेको छ । गत माघ ३ गते मलेसियाको Uni steel Technology (M) Sdn. Bhd. कम्पनीमा कार्यरत नेपाली कामदार दाङ्ग जिल्लाका तिलक चौधरीको मृत्यु भएकोमा सुबास ह्युमन रिसोर्सेजका म्यानेजिङ डाइरेक्टर सुबास गिरीको पहलमा चौधरीकी श्रीमती अनिता चौधरीलाइ सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकममा कम्पनीबाट कामदार चौधरीले लिन बाँकी तलब ४२५६.०४ रिंगेट, कम्पनीमा कार्यरत कामदारबाट सहयोगवापत १३२४२.३० रिंगेट मलेसियास्थित एजेन्सी ONESURIA RESOURCE SDN.BHD को तर्फबाट ५००५.०० रिंगेट सहयोग गरि जम्मा २२५०५.०० रिङ्गेट (नेपाली रकम रु. ६,२४,७३८.८०) मंगलबार हस्तान्तरण गरिएको हो । सुबास ह्युमन रिसोर्सेजका म्यानेजिङ डाइरेक्टर सुबास गिरीको हातबाट मृतक कामदारको श्रीमती अनिता चौधरी नाममा चेक हस्तान्तरण गरिएको हो ।



