नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते, बुधबार १०:०८

फागुन २२,भद्रपुर–प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् । झापा विद्रोहका पाँच शहीदको स्मृतिमा मंगलबार इलामको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका शहीदले मुलुकमा फुटेर होइन जुटेर समाज रुपान्तरणका लागि लाग्ने एकीकृत कम्युनिष्टको सपना देखेको बताए । उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) बीचको एकीकरण शहीदको सपना साकार पार्ने एउटा महान् प्रक्रिया भएको उल्लेख गर्दै जनताको हितका लागि साँचो अर्थमा क्रियाशील अरू कम्युनिष्ट पार्टीसमेत एकीकरण प्रक्रियामा आउनुपर्ने बताए ।
“नेपालको लोकतान्त्रिक एवम् वामपन्थी आन्दोलनको इतिहासमा बेग्लै र असाधारण महत्व भएको फागुन २१ का दिनले टुक्रिएको र छरिएको कम्युनिष्ट आन्दोलनलाई जोडेर मजबुत पार्टी बनाउन प्रेरणा दिएको छ”, प्रधानमन्त्री ओलीले कम्युनिष्ट एकीकरणको आह्वान गर्दै भने, “आउनुहोस्, शहीदका सपना साकार पार्न सबै कम्युनिष्टको अब एउटै पार्टी बनाऔँ, यसमा केपी ओली र प्रचण्डको कुनै सङ्कीर्णता छैन । विसं २०२९ फागुन २१ गते झापा विद्रोहका योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई पञ्चायती शासकले चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरेको घटनालाई १९९४ सालमा चार शहीदलाई राणा शासकले फाँसीको सजाय दिएको घटनासँग तुलना गर्दै प्रधानमन्त्री ओलीले सुखानीका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि एवम् उनहरुको परिवारका सदस्यमा समवेदना व्यक्त गरेका छन् ।
सुखानीका शहीदलाई ‘पहिलो गणतन्त्रवादी शहीद’को सङ्ज्ञा दिँदै उनले सुखानीका शहीदले देखेको सपना साकार तुल्याउन वर्तमान सरकार जनमुखी विकासका कार्य गर्दै अघि बढिरहेको बताए । हँसिया हथौडाको झण्डा देखाएर कतिपय लुटपाटमा संलग्न भइरहेको बताउँदै उनले उनीहरु साँचो कम्युनिष्ट हुन नसक्ने र जनतामा चन्दा आतङ्क र हिंसाको त्रास सिर्जना गर्ने जोसुकैलाई नियन्त्रण गरिने बताए । झापा बुद्धशान्तिका राम प्रधान, कनकाईका डिल्ली गौतम लगायतका शहीदलाई चाँडै नै राष्ट्रिय शहीद घोषणा गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए । स्मृतिसभामा नेकपाका अर्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा झापाको विभिन्न आन्दोलनमा शहीद हुनुभएकाको परिवारलाई सम्मान गरिएको थियो ।आजको जनसवाल दैनिक मा समचार छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु