
काठमाडौँ। नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आयंका फाउण्डेशनको तर्फबाट पहिलो सामाजिक काम गरेका छन् । प्रियंका र आयुष्मानसँगै प्रियंकाकी आमा पनि समावेश उक्त कार्यक्रममा फाउण्डेशनले आइतबार र सोमबार गरि धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण तथा हस्तान्तरण साथै हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने १० वटा बोटबिरुवा, २ थान कुहिने र नकुहिने डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको छन् ।

वितरण गरिएको प्याड कपडाबाट बनेको यस प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने नायिका प्रियंका कार्कीले बताइन् । न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी लेखिएको टिर्सट लगाएर प्रियंकाले छात्राहरुलाई प्रयोग गर्ने तरिका समेत सिकाएकि थिइन् भने चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री भएको एउटा झोला वितरण गरिएको थियो ।
फिल्मी फण्डाबाट


