दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रास्ट्रपति द्वारा “ग्याल्बो ल्होसार, २०७५” को शुभकामना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते, बुधबार २३:१२

फागुन २२, काठमाडौं । रास्ट्रपति द्वारा ग्याल्बो ल्होसार, २०७५” को शुभकामना सन्देश दिनुभएको छ। यस्तो छ सन्देश फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन शेर्पा लगायत महायानी बौद्ध धर्मावलम्बीहरूले मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने महायानी बौद्ध धर्माबलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस पर्वमा घर सरसफाई गर्ने, नयाँ कपडा लगाउने, नौ प्रकारका अन्न मिसाएको खाना गुथुकको मिठो परिकार खाने तथा पूजा गरी सगुन वितरणका साथ शुभकामना आदान-प्रदान गरी मनाउने चलन छ ।
विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्वहरू हाम्रा साझा सम्पति हुन् । यसले नेपाली-नेपाली बीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउन’का साथै एक-अर्काको संस्कृतिको सम्मान गर्दै आपसी एकता, सद्‍भाव र सहिष्णुतालार्इ अक्षुण राख्न सघाउ पुग्छ भन्ने मेरो मान्यता छ ।
अन्तमा, ग्याल्बो ल्होसार पर्वले सबै नेपालीहरूमा नयाँ उमंग सहित हर्षोल्लास, शान्ति र भातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
धन्यवाद ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु