• नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन यही चैत २६ गते हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १०:३४

    फागुन २४,काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन यही चैत २६ गते हुने भएको छ । नेपाल सरकारबाट वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजतपत्र लिएका म्यानपावर व्यवसायीहरूको छाता संस्था व्यवसायी संघको निर्वाचन यही चैत २६ गतेलाई तोकिएको हो । लामो समयसम्म हुन नसकेको निर्वाचन यही चैतमा गर्न लागिएको अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।
    संघको कार्यावधि दुई वर्षको रहने व्यवस्था गरिएको छ र प्रत्येक २ वर्षको चैत २६ गते निर्वाचन हुने प्रावधान राखिएको छ । विस २०७२ सालको चैतमा विविध कारणले निर्वाचन हुन सकेन र विस २०७३ सालको असारमा सरेको थियो । त्यतिबेला रोहन गुरुङ अध्यक्षको रूपमा चुनिए । अहिलेको कार्यसमितिले २१ महिनामै चुनाव गरेर नयाँ नेतृत्व छान्न लागेको गुरुङले जानकारी दिए । वैदेशिक रोजगारको व्यवसायलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउने उद्देश्यका साथ २०४९ सालमा संस्था स्थापना गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु