नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेशमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै :दुर्गा सोव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते, शुक्रबार १२:३३

फागुन २४, काठमाण्डौ । एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् ।

दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा कार्यक्रममा महिला अधिकारकर्मी तथा नयाँ शक्ति पार्टीकी सह संयोजक दुर्गा सोव ले नेपालमा अझै पनि पुरुष र महिला समान हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् । उनले पछिल्लो एक दशकमा राजनीतिक रुपमा महिलाले फड्को मारे पनि पर्याप्त नभएको बताइन् ।

सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेशमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै रहेको उनको भनाई थियो ।
नेपालमा महिला अधिकारकर्मीहरु आफू आवद्ध दलको आवश्यकतामा मात्रै आन्दोलन र संघर्षमा उत्रिने गरेको सोवको आरोप छ । स्वार्थकेन्द्रित आन्दोलनका कारण महिलाको हक अधिकार अझै पनि सुनिश्चित हुन नसकेको उनको तर्क थियो ।

उनले निर्मला पन्तको बलात्कारी अझै पनि पत्ता लाग्न नसकेकोमा असन्तुष्टी व्यक्त गरेकी छिन् । उनले हत्यारा पत्ता लागिसके पनि सरकारले सार्वजनिक गर्न नचाहेको हो कि आशंकासमेत व्यक्त गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु