दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतारमा मृत्यु भएका दुई नेपाली नागरिक शिरण कापर र पूर्ण बहादुर सार्कीका परिवारले पाए २ र २ लाख कतारी रियल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते, शुक्रबार १४:४७

फागुन २४,दोहा– सन् २०१४ मा कतारमा मृत्यु भएका दुई नेपाली नागरिक शिरण कापर र पूर्ण बहादुर सार्कीका परिवारले करीब २ र २ लाख कतारी रियल क्षतिपूर्ति पाएका छन् । कतारको आन्तरिक मामिला मन्त्रालयले निज मृतकका परिवारजनका सदस्यहरुलाई कतारमा आमन्त्रण गरी क्षतिपूर्ति स्वरुप प्रत्येक परिवारलाई जनही दुई–दुई लाख कतारी रियल दिएको कतारस्थित नेपाली राजदूतावासले जानकारी दियो ।
क्षतिपूर्ति लिन मृतकद्वयका परिवारका सदस्यहरु काकुल्ती देवी कापर र शान्ती सार्की कतारमा गएका थिए । उनीहरूलाई कतार सरकारको आन्तरिक मामिला मन्त्रालयले मंगलवार रकम हस्तान्तरण गरेको हो । उनीहरूले बैङ्किङ्ग च्यानल मार्फत सो रकम नेपालमा प्राप्त गर्नेछन् । क्षतिपूर्ति रकम प्राप्त गर्न कतारस्थित नेपाली राजदूतावासले कतार सरकारका सम्बन्धित अधिकारीहरुसँग भेटघाट गरी विशेष पहल गरेको थियो । आजको जनसवाल दैनिक मा समचार छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु