दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भूतपूर्व गोर्खा सैनिकका लागि बेलायत सरकारले विशेष राहत प्याकेज घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते, शुक्रबार १५:२३

फागुन २४,लण्डन। भूतपूर्व गोर्खा सैनिकका लागि बेलायत सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ। लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतले बिहीबार भूतपूर्व गोर्खाका लागि ४६ मिलियन पाउण्ड अर्थात् ६ अर्ब ७० करोड रुपैयाँ बराबरको राहत प्याकेजको घोषणा गरेको हो।
बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको सक्रियतामा गठित त्रिपक्षीय (नेपाली दूतावास, आन्दोलनरत भूपुगोर्खा र बेलायत सरकार) प्राविधिक समितिले गरेको सिफारिसको आधारमा सो घोषणा गरिएको हो। गत महिनामा मात्र बेलायतका रक्षा राज्यमन्त्री मार्क लांगास्टर नेपाल भ्रमणबाट फर्किएपछि सो राहत प्याकेज घोषणा गरिएको हो।
प्याकेजमा गोर्खा पेन्सनबापतको रकम यसअघि भारतको बैंक हुँदै नेपाल पठाइने व्यवस्था रहेकोमा अबदेखि सीधै नेपालका बैंकिङ सेवामार्फत पठाइने उल्लेख छ। यस्तै कम पेन्सन पाउने भूतपूर्व गोर्खाले समेत वार्षिक ७ लाख ३० हजार रुपैयाँ पाउनेछन्।
भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवारलाई सहज तवरले औषधोपचारको व्यवस्था गर्ने, ८० वर्ष पुगेका भूतपूर्व गोर्खाहरुलाई पेन्सनमा विशेष वृद्धि गरिनेलगायत व्यवस्था पनि राहत प्याकेजमा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु