दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अनिश घिमिरेको अंग्रेजी नोबल ‘अ वाक अवे फ्रम होम’ को विमोचन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २५ गते, शनिबार १८:२४

अनिश घिमिरेको अंग्रेजी नोबल ‘अ वाक अवे फ्रम होम’ को विमोचन

काठमाडौं, २५ फाल्गुण – १८ बर्ष को किशोर अनिश घिमिरेको अंग्रेजी भाषाको नोबल ‘अ वाक अवे फ्रम होम’ को शनिबार विमोचन गरिएको छ । काठमाडौंको थापागाउ स्थित कुन्ज थिएटरमा आयोजित एक कार्यक्रम माझ उक्त नोबलको विमोचन नेपाल सरकारका सचिब चन्द्र घिमिरे,अंग्रेजी भाषाविद प्रोफेसर डा. राजन पोख्रेल, प्रोफेसर ईन्द्र कार्की, नेपाल टेलिभिजनका पूर्व निर्देशक जिवनाथ धमला र नोबलिस्ट अनिशका पिता अशोक घिमिरेले संयुक्त रुपमा गरे ।

नोबलको विमोचन पस्चात कार्यक्रममाझ बोल्ने क्रममा सचिब घिमिरेले नेपालको साहित्य सिर्जनाको क्षेत्रमा अंग्रेजी भाषाका कृतिहरुको खडेरी रहेको अवस्थामा ‘अ वाक अवे फ्रम होम’ ले तन्नेरी पुस्ताको भावनालाई कलात्मक रुपमा प्रस्तुत गरेको र सिर्जनात्मक क्षमताका माध्यमबाट उत्कृष्ट लेखन शिल्प र शैलीका माध्यमबाट पाठकलाई बाध्न सक्ने ल्याकत राख्ने भन्दै अनिश घिमिरेको लेखनको तारिफ गरे ।

अ वाक अवे फ्रम होमका लागि भूमिका लेखन समेत गरेका अंग्रेजी भाषाविद प्रोफेसर डा. राजन पोख्रेलले किशोरवय अवस्थामा अनिश घिमिरेले लेखन गरेको कृति भाषा, शैली, शिल्प, विचार सबै हिसाबले अब्बल रहेको र अनिश घिमिरेबाट आफू धेरै सिक्ने अवसर पाएको बताउदै उक्त पुस्तक विधालयको कोर्शमा राख्न आवश्यक र उपर्युक्त रहेको धारणा राखेका थिए ।

त्यसैगरि, प्रोफेसर ईन्द्र कार्कीले अ वाक अवे फ्रम होम नोबल सबै तह र तप्काकाले पढ्न आवश्यक रहेको बताउदै उक्त नोबलले अंग्रेजी भाषा साहित्य फाट्मा गर्विलो उपस्थिती जनाउन सक्ने संभावना प्रबल रहेको बताए ।

नेपाल टेलिभिजनका पूर्व निर्देशक जिवनाथ धमलाले सर्जक पिता अशोक घिमिरे पुत्र अनिश पनि सिर्जनामा लाग्नु सम्योग मात्र नभई प्रेरणाको श्रोत नै रहेको आफूले अनुभुत गरेको धारणा राखेका थिए ।

सैन्ट जेभियरका खेम प्रसाईले अक्षरको खेती नै विश्वको सबै भन्दा ठुलो र उन्नत खेती रहेको बताउदै बाल्यकालका अनुभुतीहरुलाई अक्षरको खेती मार्फत विश्वसामु बहुमुल्य सिर्जना पस्कन सके अझ राम्रो हुन्थ्यो भन्ने आफुलाई लागेको बताए ।

कार्यक्रममा नेपाल टेलिभिजनका प्रवर्धन् शाखा प्रमुखका रुपमा कार्यरत नोवलिस्ट अाशिसका पिता अशोक घिमिरेले मानव जीवन अनुभुतीको पुन्ज भएको र अनिश घिमिरेको कृति मानव जीवनको अनुभुतीको मिठासपूर्ण अभिब्यक्ती रहेको बताए ।

कार्यक्रममा उपन्यासकार अनिश घिमिरेले कल्पनाशिलताले नै सिर्जनाको उत्पत्ती गर्ने बताउदै आफू पनि कल्पनामा डुब्न रमाउने गरेको र सोही बानीले नै आफू नोबल लेखन कार्यमा संलग्न हुन सहज भएको धारणा राखेका थिए ।

कार्यक्रममाझ कलाकार एबम ग्लोबल कलेज अफ म्यानेजमेन्टका बिद्यार्थीहरुले सान्स्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु