• प्याकेजिङ्ग तथा खाद्य प्रशोधन उपकरण सम्बन्धि एक्स्पो ‘प्याकप्रोटेक २०१९’ काठमाडौंमा हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०७:५८

    फागुन २६,काठमाडौं–प्याकेजिङ्ग तथा खाद्य प्रशोधन उपकरण सम्बन्धि एक्स्पो ‘प्याकप्रोटेक २०१९’ काठमाडौंमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा फाल्गुन २८, २९ र ३० मा हुन लागेको यो पहिलो एक्स्पो मेसे इन्डिया इन्स्टिच्यूट अफ प्याकेजिङ मेसिनरी म्यानुप्mयाक्चरर्स अफ इन्डिया तथा ईआरएम कन्सेप्ट्सको संयुक्त आयोजनामा गर्न लागिएको हो । नेपालको खाद्य तथा एफएमसिजि बजार १७५ को दरमा वृद्घि भइरहेको छ, जुन विश्वको औसत २ देखि ३५ आँकडा भन्दा धेरै गुणा ठूलो हो । नेपालमा चाउचाउ, कन्फेक्सनरी र चुरोटको बजार सबैभन्दा बढी वृद्घि हुने क्षेत्रमा पर्दछन् भने पेय पदार्थ २०५ र वस्तु उत्पादनको वृद्घि २५५ मा रहेको छ । यसै गरी प्लास्टीक उद्योग ११५ को दरले वृद्घि भइरहेको छ ।

    थोरै लगानी तथा कामको माग रहेको नेपाली बजारमा प्याकप्रोटेक २०१९ ले संसारमा प्रचलित विभिन्न प्याकेजिङ तथा यसमा आएका प्रविधिहरुको प्रदर्शन गर्नेछ । यस एक्स्पोमा फ्लेक्जीबल प्याकेजिङ सिस्टम, सेकेण्डरी प्याकेजिङ, कार्टन र विभिन्न प्रकारका लेबलहरुको पनि प्रदर्शनी गरिने छ । एक्स्पोमा ‘प्याकेजिङ इनोभेसन एण्ड सोल्युसन’ भन्ने शीर्षकमा एकदिने सम्मेलन हुनेछ । फाल्गुन २९ मा हुने सम्मेलनमा प्याकेजिङको महत्व र यसबाट व्यापारलाई हुने फाइदाका बारेमा जानकारी दिइनेछ । यो सम्मेलनले प्याकेजिङ प्रविधिहरु नेपाली बजारमा बृहत रुपमा चिनाउनेछ र सहकार्यका अवसरहरु नेपाली व्यापारीहरुलाई दिनेछ ।करिब १०० वटा स्टल राखिने यस एक्स्पोमा प्याकेजिङ, प्रिन्टिङ, खाद्य प्रशोधनका उपकरण, एफएमसिजि, फार्मास्यूटीकल्स आदि संग सम्बन्धित कम्पनी÷व्यक्तिहरुको उपस्थिती रहनेछ ।जनसवाल डट कम मा समचार छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु