शिव अधिकारी (बाबाधामको कोसेली )२६ फागुन २०७५
कूषि कर्मछ यो ठूलो दिलहुने मान्छेहरु गर्दछन
उब्जाई फलफूल अन्नहरुले भण्डार नै भर्दछन
भोकालाई खुवाउने रहरले माटोसंगै खेल्दछन
माटोमै पसिना वगाई विरुवा रोपेर हुर्काउछन
जस्तै संपत्तिको कुराहरु गरुन खाने कुरा चाहिने
खाने चिज जमिन मैछ सवले कस्तो कुरा लाउने
उत्पादन भएन फाँटहरु नै बाँझा भए के हुने
सोचौ हो विकराल मानव धरा बस्ती सखापै हुने
यस्तो जानी हरेक मानिस जुटौ खेति गरौँ अन्नको
सिञ्चि धर्ति सधै नदी कलकली गर्दैछ यै स्वर्गको
आफ्नै पोरखमा छ शुख सुविधा वुझ्दै बगैचा तिर
उत्पादन गरेर फुल फलले भण्डार आफ्नै भर