
धान कुट्ने मिलमा बेरिएर महिलाको मृत्यु
फागुन २६ बाँके
धान कुट्ने मिलमा एक महिलाको मृत्यु भएको छ।
फत्तेपुर सिधनवा स्थित सिधनवा राइस मिलमा धान कुटाउन गएकी महिलाको मृत्यु भएको हो।
सदरमुकाम नेपालगञ्जदेखि करीब १५ किलोमिटर टाढा राप्ती नदीपारि राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारू धान कुटाउन गएकी थिइन र उनको सल बेरिएर मृत्यु भएको थियो।
धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि सल बेरिएर मिलको पट्टामा अल्झिन पुगेकी थारूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ।


