तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गैर आवासीय नेपाली संघ (एनआरएनए) संयुक्त अरब इमिरेटस (युएई) मा बिधिवत रुपमा दर्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते, आईतवार १६:३२

फागुन २६,युएई – गैर आवासीय नेपाली संघ (एनआरएनए) संयुक्त अरब इमिरेटस (युएई) मा बिधिवत रुपमा दर्ता भएको छ । करिव २ वर्षको अथक प्रयास पछि बिधिवत रुपमा एनआरएनए युएईमा दर्ता भएको अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । ‘युएईको सबै कानूनी प्रक्रिया पुरा गरि दर्ता भएको हो । दर्ता प्रकृयामा धेरै लामो समय दुःख भए पनि प्रतिफल राम्रो आएको र यो ऐतिहासिक दिन हो’, अध्यक्ष श्रेष्ठले प्रतिक्रिया दिए ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको संस्थापकहरुमा अध्यक्ष रमेश श्रेष्ठ, डाईरेक्टर निर्मल कुमार पोखरेल, डाईरेक्टर राजु के.सी., डाईरेक्टर कृष्ण प्रसाद पोखरेल, डाईरेक्टर नबिन पौडेल, डाईरेक्टर ओमर मतर बखित खलफान अल फलास, डाईरेक्टर अमल मोहम्मद अल अहमद बिन कल, डाईरेक्टर टक्कर बहादुर कार्की, डाईरेक्टर कल्पना राई र डाईरेक्टर नेत्र प्रसाद शर्मा रहेको जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिए । जसमा ८ जना नेपाली र २ जना यूएईकै नागरिक रहेको पनि श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु