• इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १७:११

    काठमाडौं, २६ फागुन । इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।

    एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ।

    उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको एकजना प्रवक्ताले बताएका छन्।

    “दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु