बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

झापा गोल्डकपको उपाधिमा त्रिभुवन आर्मी क्लबले हात मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते, सोमबार २२:३५

फागुन २७ झापा
झापा गोल्डकपको उपाधिमा त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आयोजक झापा ११ लाई ५–३ गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । आर्मीले पहिलो र तेश्रो संकरणसमेत जीतेको थियो । आर्मीले उपाधीमा ह्याट्रिक गर्दा आयोजक टिम पनि ती वटै संस्करणमा उपविजेता बनेको छ ।
जीतसँगै आर्मीले १२ लाख हात पारेको छ । उपविजेता आयोजकले ६ लाख हाप पा¥यो ।
खेलको २४ औ मिनेटमा सन्तोष तामाङले फ्रि किक मार्फत आर्मीको लागि गोलको खाता खोलेका थिए । त्यसको ९ मिनेट बित्न नपाउँदै कप्तान भरत खवासले झापाका गोलरक्षक दिनेश थापामगर बीट भएको अवस्थामा गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ७५ औ मिनेटमा युद्ध शाहिको लामो पासलाई नवयुग श्रेष्ठले गोल गरेका थिए । ८३ औं मिनेटमा झापाका डिफेन्सहरुको गल्तीमा फाइदा उठाउँदै गोलकिपर मात्र भएको अवस्थामा सन्तोष तामाङले ब्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल गरे ।
९० मिनेटको खेलमा ४–२ गोल भएपछि थपिएको समयमा आर्मीका टेकबहादुर बुढाथोकीले थप गोल गरे ।
पहिलो हाफको इन्ज्युरी समयमा झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओएमीले गोल गर्दै झापालाई खेलमा फर्किन सक्ने आशा जगाएका थिए ।

दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको झापाका लागि योगेश गुरुङले ५५ मिनेटमा डि एरियाभित्र पाएको पासलाई गोल गर्दै झापालाई खेलमा फर्काएका थिए । २ गोलले अग्रता लिएको आर्मीले दोस्रो हाफमा रक्षात्मक खेल प्रस्तुत गरिरहेको भएपनि स्कोर बराबरी भएपछि आक्रमणमा उत्रिएको थियो ।
त्यसको ३ मिनेट बित्न नपाउँदै झापाका लागि बिदेशी खेलाडी भिक्टोर अमोवीले गोल फर्काउँदै नतिजा ५–३ बनाए । फाइनल खेलको म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार पाए ।

प्रतियोगितामा उदियमान खेलाडीको पुरस्कार झापाका निशान्त खड्काले पाए । सर्वाेत्कृष्ठ गोलकिपर बिकेश कुथु, उत्कृष्ठ डिफेन्स देवेन्द्र तामाङ, उत्कृष्ठ मिडफिल्डर पुजन उपरकोटी घोषित भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका नवयुग श्रेष्ठले पाए । बेष्ट कोच अफ द टुर्नामेन्ट आर्मीका चुनबहादुर थापा भए । उनीहरुले जनही २५ हजार रुपैंयाँ पुरस्कार पाए । बिर्तामोडको इष्टर्न फिस कर्नरले उदियमान खेलाडीको रुपमा १५ हजार रुपैंयाँको पुरस्कार सञ्जोग राईलाई प्रदान ग¥यो ।

मष्ट भ्यालुएबल प्लेयर अफ द टुर्नामेन्ट मगमग झापा ११ का मिडफिल्डर दिलेन लोक्ताम घोषित भए । उनले यामाहा कम्पनिको मोटरसाइकल पाए । आयोजकले लाइफटाइम एचिभमेन्ट अवार्ड नरेन्द्रकुमार लिम्बुलाई प्रदान गरेको छ । लिम्बुले पनि यामाहा कम्पनिको मोटरसाइकल पाए ।
प्रतियोगिताका समापनका अवसरमा पुर्व फुटबल खेलाडी गम्भिर राई र सीता खवासलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद २५ हजार सहित सम्मान गरेको आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए । लालखबर बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु