तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अस्थायी करार शिक्षकलाई सरकारले सौतेनी व्यवहार गर्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते, सोमबार २२:४८

-भरत सन्तोषी

। फाल्गुन,२७ काठमाडौ ।अस्थायी करार शिक्षकहरुले सरकारले आफुलाई सौतेनी व्यवाहार गरेको आरोप लगाएका छन् । २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले उक्त आरोप लगाएका हुन । ३ दिने आन्दोलनको घोषणा गरेका छुट अस्थायी करार शिक्षकहरुको कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले सरकारले आफूहरुलाई सौतेनी ब्यवहार गरेको आरोप लगाउनु भएको हो । अस्थायी करार शिक्षकहरु यो विभेदकारी सरकारी निति विरुद्ध लड्न काठमाडौ केन्द्रित भएर आन्दोलन थालेको बताउनु भयो ।

सरकारले २०७५ साल असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा विभेद पुर्ण तरिकाले २०७२ असोज २ गतेसम्म मात्रै नियुक्त भएका शिक्षकलाई आन्तरिक परीक्षाको ब्यवस्था गरेपछि छुट अस्थायी करार शिक्षकहरुले चरणबद्धरुपमा आन्दोलन घोषणा गरिरहेका छन् । कोणसभामा बोल्दै समितिका उपाध्यक्ष मुकुन्द पोखरेलले करार शिक्षकहरु निरन्तर आन्दोलनमा होमिएको भएपनि सरकारले कुनै सुनुवाई नगरी शिक्षक महासंघ सगको २० बँुदे सहमति गरेको बताउँदै संघीय शिक्षा ऐनमा गर्न लागिएको व्यवस्था आफूहरुलाई स्वीकार्य नहुने बताउनु भयो । संघर्ष समितिका कोषाध्यक्ष अनिता थापाले यसपटकको आन्दोलन आम करार शिक्षकहरुको अन्तिम लडाइँ भएको बताउँदै रोजिरोटिको निमित्त आफै लागी पर्नुपर्ने बेला आएको बताउनुभयो । यस अघि अन्यायमा परेका आम छुट अस्थायी शिक्षकको मुद्दामा आन्दोलित शिक्षकहरुको आन्दोलन तथा धर्ना कार्यक्रममा प्रहरी लागाए हस्तक्षेप हुँदा पनि महासंघ चुपचाप रहनु शैक्षिक बिद्रोह संकेत भएको करार शिक्षकहरुले बताएका छ्न । यस अगाडि संघर्ष समितिका विभिन्न अस्थायी करार शिक्षक सम्बद्ध मुद्दा लिएर शिक्षक महासंघ मा धर्ना, शिक्षा तथा मानव विकास श्रोत केन्द्र भक्तपुरमा रिले अनशन,माइतीघर मण्डला परिक्रमा लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु