• गद्य कविता अन्धकार! (शम्भु गजुरेल )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार २२:३२

    गद्य कविता
    अन्धकार

    अन्धकार
    घनघोर अन्धकार !
    निस्पट्ट काहाली लाग्दो,
    हावाको सुस्केरा ले तर्साउने!
    सूक्ष्म कीट हरुको आहाट,
    शुष्क पतंङ्गको सर्सराहट,
    सुस्त पन्छिको चल्मलाहट!
    भयंकर राक्षस झै लाग्ने,
    उबढखाबड गोरेटो ,
    समथर झै देखिने,
    शान्त मनमा
    त्रासको बाण ले
    चसक्क घोचिरहने!
    घनघोर जंगलको बिच
    केवल एकल यात्रा,
    अनि
    काल्पनिक दानव,
    सपनाका यमदुत हरुको ,
    बिषालु नागपासले बेरिएझै,
    निस्सासिएर,
    चक्रपातको भुमरीमा घुमे झै,
    अर्धचेत जिमिमा लडेको छु!
    सुर्योदयको आशा मारेर
    घनघोर निशी सग हारेर!

    गणतन्त्र का भान्छे हरु
    सत्ताका डाडु पन्यु चलाउने हरुको,
    बिखन्डनका नाइकेहरु सग
    मितेरी गासिदै छ!
    स्वाभिमानी धरहरा भाच्न,
    बारुद बोक्ने हरु सग
    गाला जोडि हासिदै छ!
    क्रान्तिको छद्म भेषमा
    दुधे बालकको प्राण लिने,
    राज्यको खटनमा
    समाज को बेथिति रोक्ने,
    प्रहरेदारहरुको मुटु भेद्ने,
    हत्यारा खुंखार नरभछी लाई
    पुष्प हारले सजाइदै छ!
    भ्रष्ट हरु सग दाइजो
    मागिदै छ!
    गणतन्त्र का अचुक खबरदारी गर्ने,
    गल्ती मा औलो ठड्याउने,
    चौकिदारी गर्नेहरु द्वारा,
    ताल परे ताली
    मारिदै छ!
    कौडी नझरे,
    कुर्सी खाली ध्वासको
    कल्पित एवं कुण्ठित नारा,
    बजारिदै छ!
    उता
    मणडलामा तम्बु गाडिएको छ
    २,४ आलष्य प्रेमी
    निकृष्ट जमात थुप्रेको छ
    नया पेसा अंगालेर
    नया पदबी भिरेर
    अभियन्ता!
    सजिलो पेशा छ,
    अभियन्ता पदको
    मिसन ,सामर्थ्य को!
    बिबेकशिलको,
    उर्जाशिलको,
    दानविरको,
    सेवादारको ,
    गुजुल्टो गतिलो छ,
    धाक छ धेरै सेवाको!
    घुयत्रो छ अजङ्गको,
    निशाना छ कुर्सीको,
    बेदना बज्रीन्छ ड्याम्म ,
    नेपाल आमाको छातिमा,
    चर्खा चलेको चल्यै छ,
    अगुल्टो बलेको बल्यै छ,
    करोडौ मन डरेको डर्‍यै छ!
    मौका खोर पाखण्डिको
    प्रहार मा!
    नेपाल आमा ढलेको ढल्यै छन!
    काइते हरुको ,
    काइते गिरि ले!
    चन्द्र सुर्य झन्डा भिरेर
    छात्रवृत्ति को खिर लोपरेर,
    क्याम्बृज र हवार्ड पसेका हरु
    साम्राज्यवाद को चक्कु ले,
    जङ्गी निशान लाई
    धुजा धुजा पार्दैछन!
    सत्ता चलाउने
    विपक्ष कुर्सिमा निदाउने,
    अनि
    स्वघोषित विद्वान
    काल्पनिक क्रान्तिकारी ,
    इतिहास का शकुनि हरुको
    कठोर प्रहार को,
    नृशंस बेदना ले
    छिया छिया नेपाल आमा,
    अन्धकार को भुत मा
    झस्किएको झस्किएकै छन
    मर्माहत बनेर!
    निरीह
    निसाहाय अबोध बनेर!
    कालो अन्धकार
    बिहानी को आशा बिहिन
    अन्धकारमा!

    शम्भु गजुरेल अज्ञानी
    बेलकोटगढी न पा -९
    नलगाउ
    नुवाकोट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु