गद्य कविता
अन्धकासुर
चकमन्न रात चुक पोखेजस्तो
विशाल आकाश को पिधमा
पिलपिलाइ रहेका तारा हरु
लखतरान निस्तेज
तेल बिनाको दिपक झै,
आफ्नै चिनारी जोगाउने संकटमा
प्राणवायु निस्किन खोजेको
शुष्क मधौरु मोठमा ढलेजस्तो!
कालो गगनको पिधबाट
अल्पकालीन जोशमा
भुक्लुक्क निस्केका
लाम्पुच्छ्रे ताराहरु
निमेषभरमा बिलुप्त हुदैछन
आफ्नो उपस्थिति दर्ता नगर्दै
अगम्य ब्रह्माण्ड को कुनामा!
निरीह मानव ले देह त्यागे जस्तै!
जुन नझुल्किएको जुग भयो
रात्री अन्धकार छ तसधै
शितल शीत बर्षाउने चन्द्र छैन
बेमौसम हिम वर्षा हुदैछ
कतै अग्नि वर्षा हुदैछ
जल बिना कण्ठ सुख्खा छ जिवनको
न त सुर्य उदय हुदैछ
न त चन्द्र झुल्किन्छन अचेल
उल्टो चक्र चल्दैछ कि कसो?
अस्पतालमा बिरामी शिथिल छन
कुरुवा लाई असाध्य रोगले च्याप्दैछ
झुप्रो बास किनिदिने साहु को खाचो छ
करेसा वारि खाइदिने ग्राहक चाहिएको छ
हल गोरु अनि कोरली बाच्छी बेच्नु छ
मोल तोल को त कुरै छैन
कौडी को भाउमा बेचेर पनि
अनसन बस्ने डाक्टर को तलब दिनु छ
माफिया ब्यापारी को सिटामोल
कपटी नेताको बिदेशी शैर को
बजेट को जोहो गरिदिनु छ!
सुर्य त उदाएछन महलमा
नेताका घुम्ने कुर्सी हरुमा
व्यापारी को तिकडम बाजिमा
माफियाको माखेसाङ्लोमा
पाहारिलो मन्द ताप बनेर
सुर्य त उदाएछन नेताका सिंहदरबार मा
उदाएछन जुन अमृत को कुण्ड बोकेर
जाली अनि फटाहा विद्वान को कलम मा
अवसर बादी दलाल को बोलिमा
बलात्कारका योजना बनाउने कोठामा
छानी छानी बिदेशी मदिराको
अभिषेक गर्ने पाखण्डी हरुको मा
टहटह चम्किएका छन चन्द्र!
ओत बिना छन दुखी
जल बिना छन प्यासी
उपचार बिना मर्दै छन मधौरु
हिलो र धुलोमा चुर्ल्लुम्म जनता
करोडौको गाडिमा दाग लागेकोमा
क्रुद्ध छन माहान नेताहरु
गिद्दे लडाइ गर्दैछन
औषधि पसलको नाम को बारेमा
जित र हारको प्रतियोगिता हुदैछ
नेताको गुणगान मा
बिबेकशुन्य पशु झै
संसार अन्धकारमा पार्दै
गद्य कविता
अन्धकासुर
चकमन्न रात चुक पोखेजस्तो
विशाल आकाश को पिधमा
पिलपिलाइ रहेका तारा हरु
लखतरान निस्तेज
तेल बिनाको दिपक झै,
आफ्नै चिनारी जोगाउने संकटमा
प्राणवायु निस्किन खोजेको
शुष्क मधौरु मोठमा ढलेजस्तो!
कालो गगनको पिधबाट
अल्पकालीन जोशमा
भुक्लुक्क निस्केका
लाम्पुच्छ्रे ताराहरु
निमेषभरमा बिलुप्त हुदैछन
आफ्नो उपस्थिति दर्ता नगर्दै
अगम्य ब्रह्माण्ड को कुनामा!
निरीह मानव ले देह त्यागे जस्तै!
जुन नझुल्किएको जुग भयो
रात्री अन्धकार छ तसधै
शितल शीत बर्षाउने चन्द्र छैन
बेमौसम हिम वर्षा हुदैछ
कतै अग्नि वर्षा हुदैछ
जल बिना कण्ठ सुख्खा छ जिवनको
न त सुर्य उदय हुदैछ
न त चन्द्र झुल्किन्छन अचेल
उल्टो चक्र चल्दैछ कि कसो?
अस्पतालमा बिरामी शिथिल छन
कुरुवा लाई असाध्य रोगले च्याप्दैछ
झुप्रो बास किनिदिने साहु को खाचो छ
करेसा वारि खाइदिने ग्राहक चाहिएको छ
हल गोरु अनि कोरली बाच्छी बेच्नु छ
मोल तोल को त कुरै छैन
कौडी को भाउमा बेचेर पनि
अनसन बस्ने डाक्टर को तलब दिनु छ
माफिया ब्यापारी को सिटामोल
कपटी नेताको बिदेशी शैर को
बजेट को जोहो गरिदिनु छ!
सुर्य त उदाएछन महलमा
नेताका घुम्ने कुर्सी हरुमा
व्यापारी को तिकडम बाजिमा
माफियाको माखेसाङ्लोमा
पाहारिलो मन्द ताप बनेर
सुर्य त उदाएछन नेताका सिंहदरबार मा
उदाएछन जुन अमृत को कुण्ड बोकेर
जाली अनि फटाहा विद्वान को कलम मा
अवसर बादी दलाल को बोलिमा
बलात्कारका योजना बनाउने कोठामा
छानी छानी बिदेशी मदिराको
अभिषेक गर्ने पाखण्डी हरुको मा
टहटह चम्किएका छन चन्द्र!
ओत बिना छन दुखी
जल बिना छन प्यासी
उपचार बिना मर्दै छन मधौरु
हिलो र धुलोमा चुर्ल्लुम्म जनता
करोडौको गाडिमा दाग लागेकोमा
क्रुद्ध छन माहान नेताहरु
गिद्दे लडाइ गर्दैछन
औषधि पसलको नाम को बारेमा
जित र हारको प्रतियोगिता हुदैछ
नेताको गुणगान मा
बिबेकशुन्य पशु झै
संसार अन्धकारमा पार्दै
आफू रोशनी मा नुहाउदै छन
गणतन्त्र का अन्धकासुर हरु!
शम्भु गजुरेल अज्ञानी