काठमाण्डौं– द काठमाण्डौं मल व्यापार संघले मलको समस्याको विषयमा सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष सुषमा महरा र मलका ब्यवसायी प्रतिनिधिहरुले सभामुख महरालाई भेट गरी ज्ञापनपत्र बुझाएको हो । काठमाण्डौं मलमा सञ्चयकोषले व्यापारीलाई हटाउने चलखेल गरेपछि मलका व्यवसायी आन्दोलित भएका हुन् ।
साथै सोहि प्रतिनिधि मन्डलले सभासद कृष्ण गोपाल श्रेष्ठ, डा.अजय क्रान्ति शाक्य, चन्दा चौधरी र हृदेश त्रिपाटीलाई छुटा छुटै भेटि ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष सुषमा महराका अनुसार भोलि अर्थ मन्त्रिलाई भेटी ब्यवसाय सुरक्षाका निम्ती पहल गर्ने , सन्चयकोष घेराउगर्ने र सन्चयकोषका कर्मचारीले गरेका भष्ट्रचार र अनियमिता लाई लिएर आमरण अन्सन बस्ने बताए ।