• मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ०७:२९

    काठमाडौं- मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने वास्तविकतालाई दृष्टिगत गरी दूतावासले हवाई टिकट उपलब्ध गराएर यथाशीघ्र उद्धार गर्दै आएको छ । उक्त दूतावासले बुधबार एक विज्ञप्ति जारी गरी अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी राख्ने बताएको छ ।
    नेपाली चेलीको उद्दार
    नेपाली दुतावास युएईको बिशेष पहलमा युएईको अलऐनबाट एक नेपाली चेलीसहित अन्य मुलुकका गरि ८ महिलाको उद्दार गरिएको छ । ८ महिनादेखि युएईको अलऐनस्थित अलिहार हाउसमेड कम्पनीमा बन्धक बनाएर राखिएकी हरिवन–५ सर्लाहीकी अस्मिता (बजु) तामाङलाई मंगलबार राति स्थानीय प्रहरीको सहायताबाट उद्दार गरिएको हो । उनीसँगै अन्य मुलुक भारत, श्रीलङ्का र इन्डोनेसियाका ७ महिलाको पनि उद्दार गरिएको छ । १० महिना पहिले आफ्नै नातेदार तीर्थ तामाङमार्फत भिजिट भिषामा भारत हुँदै युएई आएकी २० वर्षीया तामाङ युएईका नेपाली दलाल (एजेण्ट) जोन तामाङले घरेलु कामदारको लागि ओमन पुर्याएका थिए । कामको सिलसिलामा उनको दाहिने हातमा चोट लागेर काम गर्न नसक्ने भएपछि उनलाई युएईको अलऐनस्थित अलिहार हाउसमेड कम्पनीमा ८ महिना देखि बन्धक बनाएर राखिएको थियो ।
    ‘काम गर्न नसक्ने भए, मलाई उपचार गरेर घर पठाईदिनु भन्दा,’ घरको तेस्रो तलामा थुनेर राखिएको अस्मिताले बताइन् । उनले रूँदै भनिन, ‘२४ घन्टामा १ छाक खाना त्यसमा पनि रोटी (खबुस) दिने, पेटभरी खान कहिल्यै नपाएको कथा सुनाइन् ।’ पछिल्लो समयदेखि झन् कोठामा बिजुलीबत्ती, पानी नभएकोले १७ दिनदेखि राम्ररी मुख धुनसमेत नपाएको उनले बताइन् । उद्दारलगतै नेपाली दुतावास युएईको रोहबरमा उनलाई अलऐन अस्पताल लगिएको थियो । समान्य उपचारपश्चात उनलाई नेपाली दूतावासको महिला सेल्टरमा राखिएको छ ।जनसवालडटकम मा समचार छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु