नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशैभर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते, बिहीबार १२:५०

काठमाण्डौं । फागुन ३० । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आव्हान गरेको नेपाल बन्दको प्रभाब देशभर परेको छ । बिप्लबका बन्दका कारण सार्वजनीक सवारी साधन बन्द रहेका छन् भने विद्यालयहरुमा पठन पाठन समेत ठप्प भएका छन् । काठमाण्डौंका सडकमा पनि निकै कम सवारीसाधनहरु चलेका छन् । चोकचोकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बन्दका कारण देशका बिभिन्न ठाँउहरुमा बिस्फोटक पदार्थहरु र संकास्पद बस्तुहरु भेटी रहेका छन् । पोखरा सभागृह चोकमा भेटीएको बम केहि बेर अघि सुरक्षाकर्मीहरुले निस्कृय पारेका छन् ।
त्यस्तै बुटवलको कालीकानगरमा बट्टामा भेटीएको शंकास्पद बस्तुलाई सुरक्षकर्मीहरुले निस्कृय गरेका छन् । बुटवलमा सार्वजनीक सवारी साधन चलेका छैनन् । फाटफुट इ रिक्सा चलीरहेका छन् ।

त्यस्तै रौतहटको चन्द्र निगाहापुरको हरसाहमा संकास्पद बस्तु फेला परेको छ । संकास्पद बस्तु भेटीए लगतै ठुलो संख्यामा त्यहाँ सुरक्षाकर्मीहरु परिचालन गरि बम डिस्पोजको तयारी भइरहेको छ ।
त्यस्तै गोरखाको भिआइपीटोल र १२ किलोमा प्रेसर कुकर बम भेटीएको छ । बम डिस्पोज गर्न त्यहाँ सुरक्षाकर्मीहरु परिचालन गरिएको बताइएको छ ।
त्यस्तै हेटौडा औधोगीक क्षेत्रको मुलगेट अगाडी संकास्पद बस्तु फेला परेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु