तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विप्लव समूहलाई प्रतिबन्ध लगाउनु र सिके राउतसँग सहमति गर्नु ओलीको साहसिक निर्णय हो : भारतीय पूर्व राजदुत राय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते, बिहीबार १७:२३

नयाँ दिल्ली, ३० फागुन । नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रायले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाएर र सिके राउतसँग राजनीतिक सहमति गरेर साहसिक निर्णय गरेको भन्दै प्रशंसा गरेका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वराजदुत रायले यस्तो बताएका हुन् । उनले भने,‘विप्लव समूहलाई प्रतिबन्ध लगाउनु र सिके राउतसँग सहमति गर्नु ओलीजीको साहसिक निर्णय हो, म स्वागत गर्न चाहन्छु।’ राउतलाई मूल प्रवाहमा ल्याएर ओलीले मुलुक विखण्डन हुनबाट बचाएको भन्दै रायले प्रशंसा गरे ।

उनले ओली नेतृृत्वमा नेपाल–भारत सम्बन्ध धेरै राम्रो भएको पनि विश्वास दिलाए । नेपालमा आफूले विकास र समृद्धिको लागि प्रधानमन्त्री ओलीको विकल्प नदेखेको पनि तर्क गरे । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच केमेष्ट्री मिलेको उनको भनाई छ । उनले भने,‘त्यही भएर होला अहिले नेपाल र भारत सम्बन्ध धेरै राम्रो छ ।’

नेपालमा भारतीय लगानी बढ्ने पनि उनको भनाई छ । उनले थपे,‘काठमाडौंमा हुन गैरहेको लगानी सम्मेलनमा भारतबाट बाक्लो सहभागिता हुन्छ ।’ फरक प्रसंगमा उनले अब सार्कको औचित्य नभएको जिकिर गरे । उनले भने,‘अब पाकिस्तानसहितको सार्क सम्मेलन हुँदैन । मैले त सार्कको औचित्य नै देखेको छैन । अब विम्स्टेकमात्रै अघि बढ्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु