• पुतलीसडकमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनल आज देखि तेह्रौं बर्ष मा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार १२:३८

    चैत १काठमाडौं – काठमाडौं पुतलीसडकमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनल आज देखि तेह्रौं बर्ष मा शुभारम्भ गरेको छ। एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विश्वका ७० भन्दा बढी प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेको फलाईटेक इन्टरनेशलले राजधानीको चुच्चेपाटीस्थित केएल टावरमा पनि आधुनिक सुबिधा सहितको शाखा विस्तार गरेको छ । आगामी दिनमा फ्लाइटेकले एयर होस्टेससम्बन्धी अत्याधुनिक प्रशिक्षण मात्र नभएर हवाई सेवासम्बन्धी सबै प्रकार तालिमहरु पनि दिइने अहिले फ्लाइटेकले अत्याधुनिक र सुविधा सम्पन्न गर्नका लागि एयर होस्टेस प्रशिक्षार्थीका लागि २६ सिटको एयरक्राफ्ट नमुना समेत बनाइएको छ ।एयर होस्टेस बन्नका चाहनेहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गर्दै आएको फ्लाइटेकको शाखाहरू छिटै प्रत्येक प्रदेश मा बिस्तार हुने ऐजुकेटिभ डाइरेक्टर नाजिर हुसैन ले जानकारी दिनु भयो ।बिगत जस्तै गुणस्तरीय शिक्षा प्रदान गर्दै जाहोस न्युज लाईन्स मिडिया परिवार फलाईटेक इन्टरनेशल लाई तेह्रौं बाषिक अवसरको बधाई तथा सफलताको शुभकामना गर्दैछ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु