कलाकारितामा भविष्य खोज्दै सुमित्रा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १ गते, शुक्रबार १९:५४

सन्तोष बजगाई, काठमाण्डौं । कलाकार देशका गहना हुन । जस्ले कला र गलाको माध्ययमबाट देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको मन जितेका हन्छन् । जस्ले नेपाली पन, नेपाली मन र पहिचानलाई आत्मसात् गर्दै कलाको माधययमबाट राष्ट्रलाई योगदान दिएको हुन्छ उ नै एक सच्चा कलाकार कहलिन्छ । कलाकार आफैमा एउटा मर्यादित शव्द हो र कलाकारीता एउटा मर्यादित पेशापनि । कलाकारले कला कै माध्ययमबाट भाषा, संस्कृति, परम्परा र रितिरिवाजको संरक्षण र विकासमा प्रत्यक्ष वा परोक्ष रुपमा योगदान पु¥याइरहेका हुन्छन् ।

त्यसैको निरन्तरता स्वरुप आफ्नो कला र क्षमता प्रस्तुत गरेर पछिल्लो समय हाँस्य टेलिश्रृङ्खलाहरुमा आफुलाई परिचित बनाउन लागिपरेकी एक जना नव कलाकार संर्घषशिल प्रतिभा हुन् सुमित्रा लामिछाने ।

काठमाण्डौंकी स्थायी बासिन्दा समेत रहेकी सुमित्राको जन्म धादिङमा भएको हो । उनि परिवारमा कान्छी तथा एकमात्र छोरी हुन् । बुवा आमासंग उनि काठमाण्डौंमै बस्दै आएकी छिन् । उनको ३ जना दाईहरु छन् ।
सानोमा छँदा रेडियोमा काम गर्ने रुचि रहेको उन्को एकाएक क्षेत्र नै परिवर्तन भयो र उनि अन्ततः कलाकारितामा लाग्न पुगिन् । कक्षा १० मा अध्ययन गर्दै गर्दा एस.एल.सी. प्रिन्सेस् मार्फत आफ्नो क्षमता प्रस्तुत गरि उक्त अवार्ड जितेसंगै उन्को कलाकारिता यात्रा त्यहिँबाट सुरु भएको हो ।

सुरुमा उनको रुचि पत्रकारितामा थियो, पत्रकारिता विषय पढेर एक कुशल पत्रकार बन्ने उनको सपना रहेको थियो । रेडियोमा कार्यक्रम प्रस्तोता बन्ने उनको सानैदेखिको रहरपनि थियो । उनको दाईपनि यहि क्षेत्रमा रहेका कारण आफुलाई पत्रकारिता क्षेत्रमा जाने रहर रहेको उनि बताउँछिन् । तर पछि एकाएक उन्को सपनाहरु परिवर्तन भए र उनि कलाकारितामा प्रवेश गरिन् ।

एस.एल.सी. प्रिन्सेस्मा भाग लिन जाँदा साधारण तयारी तथा साधारण ड्रेसअपमा गएकी उनि अरु थुप्रै प्रतिस्पर्धीलाई पछि पार्दै सफल भईन । त्यो स्थानसम्म उन्लाई पुग्न प्रेरणा दिने काम भने उनको दाईले नै गरे । त्यसपछि कलाकारितामा लाग्नपनि उनले दाईबाटै प्रेरणा पाईन र कलाकारिता क्षेत्रमा लागिन ।

हसिँलो र कम रिसाउने स्वभावकी उनी हाल कलाकारितामै आफ्नो भविष्य खोजिरहेकी छिन् । हाल उनी नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृङ्खला झड्का मार्फत प्रस्तुत भएकी छिन् । उनलाई झड्का हाँस्य टेलिश्रृङ्खलामा भक्तेको काँईली छोरीको रुपमा देख्न सकिन्छ । यसअघि माईकल ज्याक्सन, हर्के हवल्दार लगायतका हाँस्य टेलिश्रृङ्खलामा अभिनय गरेकी उनले केहि नेपाली सर्ट मुभिहरुमा समेत काम गरेकी छीन् । कलाकारितामा सक्रिय गहेकी सुमित्राको भविष्यमा एक सफल कलाकार बन्ने सपना रहेको छ ।

मान्छेले आफुभित्रको क्षमतालाई राम्रोसंग बुझ्न सक्यो र म केहि गर्छु भनेर हिम्मतका साथ शाहास बटुलेर हिड्यो भने दुनियामा असम्भव भन्ने कुनै केहि कुरापनि नहोला । अफ्ठ्याराहरुसंग जुध्दै, अनेकन परिस्थितिको सामना गरि आफ्नो सपनालाई सदैव जीवित राखेर संघर्षको मैदानमा होमीएका कुनैपनि मान्छेलाई हामीले असफल देखेका छैनौं त्यसैले सुमित्राले पनि दृढता पुर्वक आफ्नो लक्ष्यको बाटोमा लाग्ने हो भने सफलतामा पुग्न सम्भव छ । यसरी कलाकारितामा आफ्नो भविष्य खोजिरहेकी सुमित्रा लामिछानेको सारा सपना साकार बनुन् र आगामी दिनहरुमा उनको कलाकारिता यात्रा अझ फराकिलो बन्दै जाओस्, आगामी दिनहरुमा अझ थप प्रगतिको कामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु