• ‘दाल भात तरकारी’ अब वैशाख २० गते रिलिज हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार २०:३३

    काठमाण्डौं। फिल्म ‘दाल भात तरकारी’ को रिलिज डेट एक साता सारिएको छ । बैशाख १३ गतेको दिन आउने भनिएको फिल्म अब वैशाख २० गते रिलिज हुने फिल्मका निर्माता किरण केसीले जानकारी दिएका छन् । फिल्मी फण्डासँगको कुराकानिमा केसीले भने, ‘टेक्निकल कारणले फिल्मको डेट सरकेको हो, फिल्मका अन्य कामहरु पनि गर्न बाँकि छ ।’ डबिङ लगायतका अन्य काम बाँकि रहेको र केहि काम भारतको मुम्बईमा गर्नुपर्ने भएकोले रिलिज डेट सारिएको उनले जानकारी दिए ।

    फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बाङदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । मह सञ्चारको ब्यानरमा सुदन केसीको निर्देशन गरेका हुन् । फिल्मका निर्माताहरुमा रमिला आचार्य, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, यमन श्रेष्ठ लगायतका रहेका छन् । फिल्ममा मित्र डि गुरुङ्गको सम्पादन र दीर्घ गुरुङ्गको छायाकंन रहेको छ ।

    फिल्मी फण्डाबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु