• संविधान परिमार्जन सभाको माग गर्दै राणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार २१:०६

    काठमाडौं । राप्रपाका नेता प्रदीपबिक्रम राणाले संविधान परिमार्जनसभाको माग गरेका छन् ।
    संविधानको विषयमा बिबाद र छलफल चलिरेहका बेला उनले अहिलेको आवश्यकता अनुसार संविधान संशोधन राजनीतिक दलहरुको मुद्धा बन्न नसकेको बताए ।उनुभयो । ‘यो र त्यो पक्ष भनेर मात्र हुँदैन, संविधानमा असहमति राख्ने सबैको माग पूरा हुनुपर्छ ’ उनले भने ‘जसले जे भन्छ त्यो समावेश गर्न सम्भव छैन तरपनि न्यूनतम विषय भने समेट्नैपर्छ ।’ राप्रपाको २ वर्षअघि सम्पन्न एकताको महाधिवेशनमा कमल थापासँग अध्यक्षमा प्रतिस्पर्धा गरेका उनले संविधानको विषयमा कमल थापाले नेतृत्व गरेको राप्रपाको बिचार पनि प्रष्ट नभएको आरोप लगाए ।
    संविधान संशोधन गर्ने शर्तमा २ तिहाई पु¥याउनको लागि उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी पार्टी नेपाललाई सरकारले झुक्याएको उनको तर्क छ । ‘संविधानमा असन्तुष्ट राख्ने सबैका मागलाई परिमार्जनसभाले सुन्नुपर्छ, अरु विकल्प छैन’ राणाले भने । राणाले राप्रपाले हिन्दुधर्म र राजसंस्था नारा लाएर राजनीतिक व्यापार गरिरहेको समेत आरोप लगाए । उनले राजावादी भनेर अभियान चलाएको भन्नेहरुले पनि त्यो संस्थाको लागिभन्दा पनि आफ्नै स्वार्थ पूरा गर्नेतर्फमात्र ध्यान दिएको बताए । ‘कि त संविधान मान्छु भन्नुपरो कि मान्दिन, आलोचनात्मक समर्थन भनेर जनतालाई झुक्याउने खेल नखेलियोस्’ राणाले भने ‘राप्रपा नामका पार्टीहरुप्रति जनताको विश्वास गुमेको छ, दिनैपिच्छे पार्टी परिवर्तन गरिरहने दहीचिउरे पारा ठीक होइन ।’
    पूर्वराजाको भ्रमण फलदायी भएको उनको बुझाई छ । ‘दलहरुप्रति जनताको विश्वास गुमेको छ त्यसैले पनि राजसंस्था भालिको दिनमा विकल्प बन्न सक्छ’ उनले भने ‘अहिलेको सरकार सधैं हावादारी गफ गर्नमै व्यस्त छ, प्रधानमन्त्री ओलीले आफूलाई देखाउने मौका गुमाए ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु