• होटलको छतबाट खसेर एक व्यक्त्तिको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार १५:३४

    चैत्र २ हेटौंडा ।
    होटलको छतबाट खसेर एक व्यक्त्तिको मृत्यु भएको छ।
    हेटौंडा उपमहानगरपालिका १० बसपार्कमा रहेको होटल रत्नको छत बाट खसेर मकवानपुर कालिकाटार निवासी लग भाग ३० बर्षिय श्रीदास रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
    रिजालको मृत्यु शंकास्पद देखिएकोले दुर्घटना हो या आत्मा हत्या यकिन नभएको र मृतक रिजालले मादक पदार्थ सेवन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    शुक्रबार राति करिब ११ बजे होटलमा बसेको र करिब २ बजे होटलको छत बाट खसेका रिजालको उपचारका लागि चुरेहिल अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो।
    राति सुतेका थिए सबै छतमा किन गए भन्ने अनुमान गर्न नसकिने भए पनि निद्रामा गएको होकी भन्ने आसंका रहेको बताउदै घटनाको थप अनुसन्धान भइरहेको र छिट्टैनै सत्यकुरा खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए। लालखबर डटकम मा समचार छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु