चैत २ हेटौंडा
मकवानपुरको हेटौंडा ७ मा घातक रोग बर्डफ्लु भेटिएपछि बर्डफ्लु प्रभावित क्षेत्रमा शनिबार राति पनि कुखुरा नष्ट गर्ने काम भईरहेको छ ।
बर्डफ्लु रोगलागेको ४५ हजार कुखुरा मार्नुपर्ने भएपछि विहान ११ बजेदेखि शुरु भएको कुखुरा मारेर खाल्डोमा गाड्ने काम राति पनि जारी रहेको छ ।
हालसम्म १० वटा खोरको करिब ११ हजार कुखुरा मारेर गाड्ने काम भएको छ ।
राति १२ बजेसम्म यो काम जारी रहने जनाईएको छ । बाँकी रहेको खोरमा आइतबार पनि कुखुरा मार्ने काम निरन्तर हुने जानकारी छ ।लालखबर