२०७६ सालमा राष्ट्रिय बिदा १४ दिन मात्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २ गते, शनिबार २३:०९

काठमाण्डौं । चैत १ । २०७६ सालमा राष्ट्रिय बिदा १४ दिन मात्र हुने भएको छ । आज राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने बारेमा जानकारी सार्वजनीक गरेको हो । राजपत्रमा उल्लेख भएअनुसार ७६ सालमा ७ महिनात राष्ट्रिय बिदानै छैन् । जस अनुसार असार, साउन, भदौं, मंसिर, पुस, माघ, चैतमा राष्ट्रिय रुपमा सरकारी बिदा दिइएको छैन् ।
राष्ट्रिय बिदा दिइने दिनहरु :
बैशाख : नयाँ बर्ष बैशाख १ गते, बैशाख १८ मजदुर दिवस, जेष्ठ ः बुद्ध जयन्ती जेष्ठ ४ गते, असोज ः असोज ३ गते संविधान दिवस, दशैं बिदा असोज १८ देखि २२ (५ दिन), कार्तिक ः तिहार बिदा कार्तिक १० देखि १२ सम्म, फागुन ः महाशिवपरात्री फागुन ९ गते फागु पुर्णीमा ५८ जिल्लामा फागुन २६ गते १९ जिल्लामा फागुन २७ गते र फागुन २५ गते अन्तराष्ट्रिय महिला दिवस ।
महिला कर्मचारीहरुलाई भदौ १६ गते सोमबार तीजका दिन सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार पनि विदा पाउनेछन् ।
त्यस्तै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्रा्ष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ ।
शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।
धर्म, संस्कृति र भौगोलिक क्षेत्र अनुसार पनि विदा
सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ ।
जसमा काठमाडौं उपत्यकामा ४ वटा जात्राको दिन विदा दिइएको छ । जसमा साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा दिइएको छ ।
त्यस्तै कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा दिइएको छ ।
किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा)का दिन जेठ ४ गते शनिबार विदा पाउनेछन् । किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते बिहीबार उनीहरुलाई सार्वानकि विदा दिइएको छ ।
सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार विदा हुनेछ । मधेसमा कात्तिक १६ गते शनिबार छठ पर्वको विदा हुनेछ ।
इस्लाम धर्मावलम्बीहरुले इद (इदुल्ल फित्र) र इदुल (इदुल जोहा) का दिन विदा पाउनेछन् । इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार विदा हुनेछ ।
गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते मंगलबार विदा पाउनेछन् । माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई विदा दिइएको छ । तामाङ समुदायले माघ ११ गते शनिबार सोनम ल्होसारमा विदा पाउनेछन् ।
हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार विदा पाउनेछन् ।
त्यस्तै झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व मनाइने दिन विदा दिइएको राजपत्रमा उल्लेख गरिएको छ ।
Image may contain: text

Image may contain: text
Image may contain: text

Image may contain: text
Image may contain: text

Image may contain: text

Image may contain: text

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु