• ‘छक्का पञ्जा २’ वैशाख १३ मा रि–रिलिज हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार ०७:४२

     काठमाण्डौं । प्रदर्शनको ५१ औँ दिन मनाएको फिल्म ‘छक्का पञ्जा २’ आउँदो वैशाख १३ गतेका दिन रि–रिलिज हुने भएको छ । सोहि दिनमा आउने तयारिमा रहको फिल्म ‘दाल भात तरकारी’ ले रिलिज डेट एक साता पर सारे पछि रजतपटको हल खालि रहने अवस्था थियो । ‘छक्का पञ्जा २’का निर्माता तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकको स्टाटस मार्फत दर्शकको डिमाण्डका कारण फिल्म रि–रिलिज गर्न लागिएको जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्,‘दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा बैशाख १३ गते पुनः प्रदर्शन हुदैछ …. बिदेशमा रहनु हुने दर्शकका लागि सोहि महिना हेर्ने ब्यबस्था मिलाइदैछ ….. जय नेपाली चलचित्र !!!’

    फिल्मलाई यस अगाडीनै चैत्रमा रिलिज गर्ने तयारी थियो तर उक्त डेटमा नेपाली फिल्म भएको कारणले टिमले निर्णय फिर्ता लिएको थियो । हल खालि भएको अवस्था र हर्को साताको फिल्मलाई असर नगर्ने भएकोले रि–रिलिज गर्न लागिएको फिल्म युनिटले जनाएको छ । दीपाश्री निरौलाको निर्देशनमा तयार फिल्ममा दीपकसँगै जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , प्रियंका कार्की , स्वस्तिमा खड्का , वर्षा राउत लगायतको अभिनय रहेको थियो । दर्शकको रोजाइमा रहेको फिल्म गत वर्ष दशैँमा प्रदर्शनमा आएको थियो ।

    फिल्मी फण्डाबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु