• पोखराका युवा ब्यवसायी राजेन्द्र गौतम ईजिप्टको अलेक्जेन्ड्रिया शहरमा सम्पन्न एम एस एन एक्सीलेन्स अवार्डबाट विभूसित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार १३:१७

    काठमाडौँ- ०४ चैत्र – पोखराका युवा ब्यवसायी राजेन्द्र गौतम ईजिप्टको अलेक्जेन्ड्रिया शहरमा सम्पन्न कार्यक्रममाझ एम एस एन एक्सीलेन्स अवार्डबाट विभूसित भएका छन ।
    राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा सम्पन्न एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ बाट उनी सम्मानित भएका हुन । उनी ब्यापार विधातर्फबाट सम्मानित भएका छन ।
    अलेक्जेन्ड्रियाको शेराटन होटेलमा मार्च १६ तारिखमा आयोजित अवार्ड कार्यक्रम माझ गौतमले सो अवार्ड ग्रहण गरेका थिए ।

    को हुन राजेन्द्र गौतम ?

    राजेन्द्र गौतम हिल बर्ड हाउजिङ एण्ड डेभलवर्श प्रा लि का
    प्रवन्ध संचालक हुन । पोखरालाई कर्म क्षेत्र बनाई रीयल स्टेट बिजनेशलाई अगाडी बढाएका गौतम होटल ब्यवसायमा समेत संग्लग्न रहेका छन । एक सामान्य परिवारमा जन्मिएका गौतमले नेपालमा ब्यवसाय शुरु गर्नु अघि वैदेशिक रोजगारीका लागि युएई गएर श्रम गरेका थिए । गौतमले विदेशी भूमिमा आर्जेको कमाई स्वदेशमा लगानी गर्दै ब्यवसायीक जीवनको नयाँ अध्याय कोरेका थिए । लगन र परिश्रमका साथ आफ्नै देशमा रहेर काम गर्ने हो भने कम पुजीको लगानीबाट पनि सफलता हासिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन राजेन्द्र गौतम ।

    साथी संगतमा रमाउने स्वभावका राजेन्द्र सामाजिक चेतका धनी पनि हुन । उनले दु:खमा पर्दै आएका जोकोहीलाई आफू सक्य सहयोगको हात फैलाउने गर्दै आएका छन । मिजासपूर्ण बोली बचन, निस्वार्थपन र सहयोगी भावनाका कारण उनलाई रिझाउने मानिसहरु उत्तिकै छन । आफ्नो कमाइ प्रति कत्ति पनि घमन्ड नगर्ने स्वभावका उनीसग ब्यवसायिक सम्बन्ध गास्दा जो कोहीले ढुक्क र सुरछित भएको महशुस गर्ने गर्दछन । त्यसैले पनि उनले थालनी गरेको ब्यवसायीक यात्राले एक दसक पुग्दा नपुग्दै सफलताको सिढी पार गरेको छ ।

    कार्यक्रम माझ गौतम सहित विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा संलग्न रहि पृथक ढंगले अतुलनीय योगदान पुर्याउदै आएका नेपालीहरुलाई सम्मान प्रदान गरिएको थियो।

    ‘एम एस एन एक्सीलेन्स अवार्ड’ बाट सम्मानित हुनेहरुमा इन्फ्लुन्सियल कम्युनिकेशन तर्फ सरोज ओझा, क्राईसिस कम्युनिकेशनतर्फ ईश्वर दया पाण्डे एबम राजन प्रसाई, चेन्ज कम्युनिकेशनतर्फ किरण खनाल, युवा व्यवसायीतर्फ पोखराका राजेन्द्र गौतम, शिक्षातर्फ नारायण रेग्मी, गायनतर्फ दिनेश गौतम, संगीततर्फ रेखा पौडेल रहेका छन ।
    त्यस्तै चलचित्र निर्देशक विकाश वस्याल, आर्टिस्ट/संचारकर्मी/ईभेन्ट डाईरेक्टर राज लुइँटेल, मोडल शिला मल्ल, नायक तथा समाजसेवी दिपक डोटेल, फेशन डिजाईनर तृष्णा गुरुङ्ग, आर्जे/भिजे समिर लामा, गुरुङ भाषाको चलचित्रकी नायिका मन्जु गुरुङ्ग, नायिका पूर्णिमा लामा लगायतलाई आ-आफ्नो क्षेत्रमा रहेर पृथक योगदान दिएको भन्दै ‘एम एस एन एक्सीलेन्स अवार्ड’ प्रदान गरिएको थियो ।

    ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ईजिप्टका चलचित्र निर्देशक मोहम्मद अलि र ईजिप्टका वरिष्ठ संचारकर्मी डालिय हसन विशेष अतिथिको रुपमा रहेका थिए ।

    राजधानी लगायत मोफसलमा विभिन्न सफल सौन्दर्य प्रतियोगिता सम्पन्न गरि चर्चा बटुल्न सफल मोडल सङ्ग्स नेपालले केही महिना अघि युएईमा “मोडल सङ्ग्स अवार्ड २०१८ दुवई” को भव्य समापन पश्चात ईजिप्टमा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९” को आयोजना गरेको हो । लामो समयदेखि आ-आफ्नो क्षेत्रमा लागि पर्दै पृथक योगदान पुर्याउदै आएका व्यक्तित्वहरुको योगदानको कदर गर्दै उनीहरुलाई प्रोत्साहन साथै हौसला प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक राजपुतले आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिए ।

    उक्त अवार्ड कार्यक्रमको जुरी मेम्वरको रुपमा एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने, एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा सुशिला मल्ल र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्का रहेका थिए ।

    नेपालबाट दुई दर्जनभन्दा बढी संचारकर्मी, गायक-गायिका, मोडल, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, ईभेन्ट अर्गनाइजर तथा चलचित्रकर्मीहरुको सहभागीतामा हामीले दुवईमा मोडल सङ्गस अवार्ड भव्य रुपमा सम्पन्न गरेका छौं,’ मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु