चैत्र ४ काठमाडौ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको रास्ट्रपति कार्यलय ले जनाएको छ ।
क्र.सं. विधेयकको नाम
१ निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
२ भुक्तानी तथा फर्स्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५