नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

रास्ट्रपति बाट फागुपूर्णिमा (होली) पर्व, २०७५ का अवसरमा ब्यक्त शुभकामना सन्देश व्यक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र ५ गते, मंगलवार १९:२३

चैत ६,काठमाडौं ।सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट फागुपूर्णिमा (होली) पर्व, २०७५ का अवसरमा शुभकामना सन्देश दिनुभएको छ । हेर्नुस् सन्देश नेपाली हरूको महान पर्व फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुसी र हर्षोल्लासपूर्वक रंगहरुमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको छ । यस वर्ष चैत्र ६ र ७ गते गरी नेपालभर मनार्इने यस पर्वले सबै नेपालीहरुबीच सामाजिक सद्‌भाव, सहिष्णुता एवम् राष्ट्रिय एकता अक्षुण्ण राख्‍न सघाउ पुगोस् भन्ने कामना गर्दछु । हाम्रा यस्ता पर्वहरुले नेपालको मौलिक पहिचान स्थापित गराउदै सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक संमृद्धि हासिल गर्न टेवा पुग्दछ भन्ने मेरो विश्वास छ । यस्ता अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्दछु ।
अन्तमा, यस पर्वले हामी सबैमा नयाँ उमगं र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
२०७५ चैत्र ६ गते बुधबार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु