• जबर्जस्ती रंग दल्ने होहल्ला गर्ने ८४ जना प्रहरी नियन्त्रणमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १७:३६

    काठमाण्डौं । चैत ६ । होली पर्वको अवसरमा जबर्जस्ती रंग दल्ने होहल्ला गर्ने गतिविधि गर्ने एक महिला सहित ८४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाण्डौं, भक्तपुर र ललितपुरबाट जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अबान्छित गतिविधिमा संलग्न ८४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई प्रहरीले पक्राउ गरेको हो ।
    साथै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीले ५ सय १५ मोटरसाइकल र ४ वटा गाडी नियन्त्रणमा लिएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु