संवैधानिक परिषद्को सिफारिसमा पाँच अध्यक्ष पदमा नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र ७ गते, बिहीबार १५:५०

चैत्र ७ काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई तपसिल बमोजिमको निकायका लागि अध्यक्ष पदमा नियुक्त गर्नुभएको छ ।
तपसिल
क्र.सं. नामथर निकाय
1 श्री बालानन्द पौडेल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
2 डा. शान्तराज सुवेदी राष्ट्रिय समावेशी आयोग
3 डा. विजयकुमार दत्त मधेशी आयोग
4 श्री बिष्णुप्रसाद चौधरी थारु आयोग
5 श्री समिम मिँया अन्सारी मुस्लिम आयोग

साथै, आजै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.ज्यू समक्ष नवनियुक्त अध्यक्षहरुले आ-आफ्नो अध्यक्ष पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको रास्ट्रपति कार्यलय ले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु