२०७५साल चैत ८गते शुक्रबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र ८ गते, शुक्रबार ०६:१४

चैत ८ काठमाडौ
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअरूको भर पर्दा लक्ष्यमा पुग्न समस्या पर्नेछ। आफन्तको सहयोग जुट्नाले चिताएको काम भने सहज रूपले बन्नेछ। अध्ययनमा विशेष प्रगति हुनेछ। विभिन्न अवसरले पछ्याउनुका साथै नयाँ जिम्मेवारी हातलागी हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा उछिन्न सकिनेछ। पहिलेको कमजोरी समाप्त हुनेछ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउन सक्छ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसोखले खर्च निम्त्याए पनि इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मिहिनेत गर्दा आँटेको काम सम्पादन हुनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला। प्रत्यत्न गर्दा मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। पहिलेको उपलब्धिले पनि साता अनुकूल बन्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। अरूको बहकाउमा परिनाले सप्ताहान्तमा भने केही काम बिग्रने सम्भावना देखिन्छ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। बीचमा घरेलु समस्यामा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। योजनाहरू गोप्य राख्नुहोला। सप्ताहान्तमा भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआफन्तहरू नजिकिनाले मन प्रफुल्ल हुनेछ। इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मंगलवारदेखि परिस्थितिवश केही बाधा होला। वादविवादले पनि काममा जाँगर मर्नेछ। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको भर पर्दा समस्या देखापर्ला। सप्ताहान्तमा स्थितिमा सामान्य सुधार आउनाले केही काम बन्नेछन्। आफन्तको सहयोग जुट्नाले रोकिएका काम बन्नेछन्। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। तापनि रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। मंगलवारदेखि आफन्तहरू नजिकिए पनि परिस्थिति आफ्ना लागि चुनौतीपूर्ण रहनेछ। काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ। अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। व्यावसायिक काममा भने मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रारम्भमा आम्दानीको क्षेत्र फराकिलो भए पनि प्रतिस्पर्धाले खर्च बढाउनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। सरसापटमा धन बाहिरिने सम्भावना देखिन्छ। तापनि पछिका लागि लगानी गर्ने मौका छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। सोखले खर्च निम्त्याउन सक्छ। सप्ताहान्तमा भने तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रारम्भमा केही विवादास्पद काममा जुट्नुपरे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। तर बिहीवारदेखि परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। प्रयत्न गर्दा देश–विदेशको भ्रमण गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा रमाइलो भेटघाट हुनेछ। आफन्तको सहयोगले हौसला प्रदान गर्नेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रारम्भमा केही चुनौती देखिए पनि सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। प्रतिष्ठित काम हातपार्न सफल भइनेछ। मंगलवारदेखि केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। एउटै काम दोहोर्याएर गर्नुपर्ने हुन सक्छ। तापनि अवसर भने प्राप्त हुनेछन्। विभिन्न भौतिक साधन जुटाउन सफल भइनेछ। लगनशीलताले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा प्रगति र व्यवसायमा राम्रै आम्दानी हुनेछ। सप्ताहान्तमा भने फजुल खर्चले मन अलि खिन्न हुनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusप्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। अरूको स्वार्थमा उपयोग भइएला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। काममा सामान्य चुनौती देखिए पनि बिस्तारै लक्ष्यमा पुग्न सफल भइनेछ। सप्ताहान्तमा आम्दानी बढ्नेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornप्रारम्भमा रमाइलो यात्रा हुन सक्छ। प्रियभेट हुनाले मनमा आनन्द मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर मंगलवार र बुधवार अर्थ अभावले सताउन सक्छ। अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। बिहीवारदेखि स्थितिमा सुधार आउनाले काममा जोसजाँगर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। रोकिएका काम बन्नेछन्। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusस्वास्थ्यचिन्ताले सताए पनि साता फलदायी नै रहनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि हातपार्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कामको सफलताले थप ऊर्जा मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नाले अधिकार र प्रतिष्ठा स्वत: प्राप्त हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। बीचमा झुटा आरोप वा परिस्थितिजन्य समस्या आए पनि सप्ताहान्तमा भाग्यले साथ दिनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकाममा केही अवरोध देखिए पनि पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। अध्ययनमा सफलता प्राप्त हुनेछ भने नयाँ कार्य थालनी हुन सक्छ। मिहिनेत गरेर नाम, दाम र इनाम हात पार्ने समय छ। व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। तर प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। बीचमा स्वास्थ्यचिन्ताले सताउनेछ भने प्रियजनसँगको मतभेदले रमाइलो परिस्थिति खलबलिन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। सप्ताहान्तमा आम्दानी भए पनि चुनौती सामना गर्नुपर्ला।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु