बिप्लबको मध्य कमाण्डर ध्वस्त पारेको प्रहरीको दावी,

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र ८ गते, शुक्रबार १८:२०

रबिन थपलिया । काठमाण्डौं । चैत्र ८ । काठमाण्डौंको नक्खु स्थीत एनसेल मुख्यालय अगाडी फागुन १० गते भएको बिस्फोटको घटना र त्यसको जिम्मेवारी बिप्लब माओबादीले लिए यता नेपालको सुरक्षा निकायको ध्यान अहिले बिप्लब माओबादी समुहतर्फ केन्द्रीत भएको छ । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान टोलीले आ–आफनो तर्फबाट बिप्लबका गतिबिधिलाई निगरानी गर्ने काम गरिरहेका छन् । सरकारले बिप्लब माओबादीमाथी प्रतिबन्ध लगाएपछि अहिले सुरक्षा निकायहरु बिप्लबका नेता तथा कार्यकर्ताहरुलाई पक्रन लागि परेका छन् । बिप्लका नेता कार्यकर्ताहरुको सुस्म निगरानीको साथ नेपाल प्रहरीका बिभिन्न युनिटहरुले अहिले अप्रेसनको तयारी गरिरहेका छन् ।
त्यसै क्रममा चैत ५ गते काभ्रेको रोशीमा बिप्लब माओबादीका नेतालाई गोली चलाएरै प्रहरी पक्राउ गरेको छ । नेपाल प्रहरीको टोलीले काभ्रेको रोसीबाट बिप्लब माओबादीको बम बनाउने प्राविधिक बिशाल नाम गरका राजिव तामाङलाई पक्राउ गरेको हो । त्यस अघि चैत ४ गते बिहान नुमबहादुर बिक र डेकेन्द्र राई काठमाण्डौंबाटै पक्राउ परेका थिए । एनसेल आक्रमणमा प्रयोग भएको मोटरसाइकल खोजी गर्ने क्रममा उनिहरु दुई फेला परेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार, ११ जनाको विशेष दस्ता रहेको बिप्लब माओबादीको मध्य कमाण्डमा पछिल्लो समय ९ जना सक्रिय रहेका थिए । तीमध्ये सूर्य भुजेल यसअघि नै पक्राउ परिसकेका छन् भने महाशाखाले मध्य कमाण्डका बम ‘एक्सपर्ट’ सहित ४ जनालाई नियन्त्रणमा लिइसकेको छ ।
‘अब मध्य कमाण्डका कमाण्डर हेमन्तप्रकाश ओली (सुर्दशन) का साथमा उनी सहित ५ जना बाँकी होलान’ उच्च प्रहरी अधिकारीले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु