युएई– युएईको आवुधाबीमा १४ मार्च देखी २१ मार्च २०१९ सम्म संचालन भएको 15th Special Olympics World Summer Games 2019 मा नेपालको प्रतिनिधित्व गर्दै युएई आएका एथलेटिक्स खेलाडीहरूलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएई (एनआरएनए युएई)ले हिजो साँझ बर दुबईमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेकोछ । म्याग्दी प्रवासी नेपाली संघ युएई (मोना युएई) र एनआरएनए युएईले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी बिभिन्न बिधामा पदक प्राप्त गर्नुहुने खेलाडीहरूलाई खादा र प्रशंसा पत्र सहित सम्मान गरेको थियो ।
उक्त ओलम्पिक खेलमा सटपुट (shot-put) तर्फ अजय तामाङले स्वर्ण पदक र सागर शेरचनले कास्य पदक प्राप्त गरेका थिए भने बुकी (BOCCEE) तर्फ महिमा कोईरालाले रजत पदक र लङ जम्प (Long Jump) तर्फ अलिशा न्यौपानेले कास्य पदक प्राप्त गरेका थिए । त्यसैगरी फुटसल (Futsal) तर्फ नेपाली टीमले दोश्रो स्थान हासिल गर्न सफल भएको थियो ।
सम्मान कार्यक्रममा स्पेशल ओलम्पीक नेपालका बोर्ड सदस्य र कोषाध्यक्ष चित्रहादुर के.सी.को पनि सहभागिता रहेको थियो ।
कार्यक्रम स्पेसल ओलम्पिक कमिटी नेपालका अध्यक्ष श्री शिक्षिता श्रेस्ठको बिशेष आतिथ्यता तथा एनआरएनए युएईका महासचिब कृष्णप्रसाद पौडेलको संचालन र एनआरएनए युएईका उपाध्यक्ष निर्मल कुमार पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो