नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

ओमानमा ज्यान गुमाएका फूलमाया तामाङसहित ८ नेपालीको परिवारले क्षतिपूर्ति पाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र ९ गते, शनिबार ०३:३७

मस्कट– ओमानमा ज्यान गुमाएका फूलमाया तामाङसहित ८ नेपालीको परिवारले क्षतिपूर्ति पाउने भएका छन् । मस्कटस्थित नेपाली दूताबासको सक्रियतामा ओमानमा ज्यान गुमाएका ८ नेपालीको परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । इलामकी फूलमायाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनको परिवारले ब्लडमनी वापत ६५ सय ओमानी रियल अर्थात साढे १८ लाख रुपैयाँ पाएका छन् । अरुको बाँकी तलब, जीवन विमा लगायतको रकम पाएको नेपाली दूताबासले जनाएको छ । पाल्पाका बद्रीप्रसाद ढुंगानाको परिवारले बाँकी तलब र सेवा अन्त्य गर्दाको लाभ गरी १४ सय ९५ ओमानी रियल पाएका छन् । सुनसरीका शुक्रराज मगरको परिवारले वेलफेयर फण्डबाट २ हजार ७, धनकुटाकी गंगाकुमारी राईको परिवारले वर्कम्यान कम्पनसेसन बराबरी ५ हजार र मकवानपुरका इन्द्रबहादुर स्यातानको परिवारले तलब लगायतबाट २ हजार ८४ ओमानी रियाल पाउने भएका छन् । रुपन्देहीका बिमल गुरुङको परिवारले जीवन बीमाबाट ५ हजार, तनुहँकका बिष्णुबाबु तिवारीको परिवारले उपदानबापत ७ हजार १०७ र सुनसरीका शुक्रराज मगरको परिवारले वर्कम्यान कम्पनसेसन इन्स्युरेन्सबाट ५ हजार ओमानी रियल पाउने भएका छन् । ओमानस्थित नेपाली दूताबासका अनुसार यो रकम नेपालस्थित परराष्ट्र मन्त्रालयमा पठाएको छ । पीडित परिवारले परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ । नेपाली दूताबास ऒमानमा शर्मिला पराजुली ढकाल राजदुत बनेर आएपछि ऒमानमा नेपालि कामदारका हितमा धेरै काम हुदै आएका छन् ।
राजदुत पराजुलीले आफुले सधै नेपालि कामदारहरुको हकहितको लागि काम गर्दै आएको र भबिस्यमा पनि गर्ने बताईन । उनले ऒमानमा रहेका नेपालीहरुलाई कुनै समस्या भए सिधै राजदुताबास र आफुलाई सम्पर्क गर्न समेत आग्रह गरेकी छन् ।जनसवाल डट कम मा समचार छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु