दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोदाबरीको श्रीकृष्ण आधारभूत बिद्यालयमा मस्रेक बैंक दुबईको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र ९ गते, शनिबार १६:१९

काठमाडौं । दुवईमा मुख्य कार्यालय रहेको मस्सेक बैंकले ललितपुरको गोदावरीस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा करिब १० लाख बराबरका विविध शैक्षिक एवं विद्यालयको स्तरोन्नतीका लागि आवश्यक अन्य सामाग्री प्रदान गरेको छ । शुक्रवार मस्रेक बैंककी नेपाल प्रमुख हेमा अधिरकारीले बिद्यालयलाई एक थान ल्यापटप, एक थान कम्युटर, एक थान थ्रि इन वान प्रिन्टर, स्क्यानर,फोटोकपी मेशिन, एक थान प्रोजेक्टर र एक बर्षका लागि इन्टरनेट कनेक्सन प्रदान गरेकी हुन् । साथै बैंकले एक वर्षका लागि हुने गरि बिद्यालयका सवै विद्यार्थीका लागि दुई दुई जोर जुत्ता, स्कूल ड्रेस, र बर्ष भरिलाई पुग्ने कापी, कलप, पेन्सिल, इरेजर, कटर, जोमेट्री बक्स समेत प्रदान गरेको छ । बैंकले सहयोग गरेको भौतिक सामाग्रीको सदुपयोग सो विद्यालयका शिक्षकले आफ्नो शिक्षण सम्बन्धि ज्ञान बढाउन, नयाँ नयाँ पाठ्य सामाग्री प्राप्त गर्न र विद्यार्थीलाई थप प्रभावकारी ज्ञान प्रदान गर्नै सहयोग पुग्ने विश्वास आफुले लिएको अधिकारीले बताईन । मस्रेक बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर कार्यक्रममा बालबालिका शिक्षालाई जोड दिएर मस्रेक फ्यूचर जेनरेसन भन्ने अभियान सञ्चालन गर्दै आएको छ । मस्रेक बैंक दुवईमा कार्यालय रहेको यूएईको सवैभन्दा ठूलो र एवं पुरानो बंैक रहेको नेपाल प्रमुख अधिकारीले जानकारी दिईन । सन २०१५ मा नेपालमा गएको महाभूकम्पको समयमा समेत बैंक र बैंकका कर्मचारीले प्रधानमन्त्री राहत कोषमा रु ३० लाख भन्दा बढि आर्थिक सहयोग गरेको थियो । शक्रवार सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल प्रमुख अधिकारी, ललितपुर क्षेत्र न १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य नवराज सिलवाल, प्रदेश सभा सदस्य लालकुमारी पुनले मस्रेक बैंक र नेपाल प्रमुख अधिकारीप्रति ललितपुरबासीका तर्फवाट हार्दिक आभार प्रकट गरेका थिए । कार्यक्रममा मस्रेक बैंककी नेपाल प्रमुख अधिकारीले उक्त विद्यालय तथा विद्यार्थीलाई सहयोग गर्न पाउँदा आफुलाई गौरवको अनुभूति भएको बताएकी थिईन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु